साझा नेटवर्क
रंजित चौरसिया,वीरगंज १२ मंसिर । अभियान डिजिटल वल्र्ड प्राइभेट लिमिटेडले किस्ताबन्दीको नाममा ग्राहक ठग्दै गरेको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि अभियानका अध्यक्ष महानटवरलाल विष्णु प्रसाद काफ्लेले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी पत्रकारहरूलाई पत्रकार आचारसंहिताको पाठ सिकाउने प्रयास गरेका छन् । “जो चोर उसैको ठूलो स्वर” उखानलाई चरितार्थ गर्दै अध्यक्ष काफ्लेले विद्युतीय सामग्री टिभी र वासिङ्गमेसिन एसेम्बल गरी बिक्री वितरण गर्नुको साथै अन्य विद्युतीय सामग्रीहरू पनि ग्राहकहरूको आवश्यकता र क्रयशक्तिको आधारमा किस्ताबन्दीमा पनि उपलब्ध गराउँदै आएको विज्ञप्तिमा उल्लेख गरेका छन् । पाठकवृन्द, किस्ताबन्दीमा सामग्रीहरू उपलब्ध गराउनुको मतलब ग्राहकलाई पहिला सामान दिनु पर्छ र सो ग्राहक सँग सामान वापतको रकम किस्ताबन्दीमा उठाउनु पर्छ ।
तर अभियानका ठगहरूले ग्राहक कार्ड छपाएर प्रत्येक ग्राहक सँग मासिक ११ सय ७५ रुपैयाँ असुल्दै मासिक पिच्छे काठमाडौंको एकान्त ठाउँमा चिठा खोल्ने गरेका छन् । चिठा खोल्ने काम युट्युब मार्फत हुन्छ, त्यसमा जो ग्राहक छ त्यसैलाई मात्र सो युट्युबमा जोडिएको स्रोतले जनाएको छ । नेपालमा चिठा खोल्ने कार्य कानुन विपरितका काम हुन् । महिनै पिच्छे किस्ताबन्दीमा रकम असुल्दै चिठा खोल्दै कहिले स्कुटी, कहिले मोटरसाइकल, कहिले कुलर, कहिले फ्रिज, कहिले वासिङ्ग मेसिन, कहिले सिलाई मेसिन, कहिले मोबाईल, ल्यापटप र सुनका आकर्षक गरगहनाहरू देखाउदै सदस्यहरूलाई अभियानले ठगी गर्दै आएको प्रष्टै देखिन्छ । अभियानले अभियान नामक टिभी एसेम्बल गरी उत्पादन गर्ने उदेश्यले कम्पनिको रजिष्टारबाट काठमाडौं–१३ मा गर्ने अनुमति लिएको हो ।
महानटवरलालको नामले चर्चा कमाएका मुख्य सञ्चालक काफ्लेले कम्पनी रजिष्टारको कार्यालय र घरेलु तथा साना उद्योगको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा अभियान डिजिटल वल्र्ड प्राइभेट लिमिटेड दर्ता गराउँदा उद्देश्यमा ईलेक्ट्रोनिक सामानहरू एसेम्बलीङ गरी विक्री गर्ने भनिए पनि स्थानिय प्रहरी प्रशासनहरुलाई मोटो रकम बुझाउदै देशको दर्जनौँ ठाउँमा गोलाप्रथाबाट किस्ताबन्दी खेलाउदै ठगी धन्दा गर्ने गरेको स्रोतको कथन रहेको छ । अध्यक्ष काफ्लेलाई प्रश्नः तपाईको अभियान नामक टिभीको कारखाना काठमाडौंमा छ ? टिभी उत्पादन गर्ने नाममा देशको दर्जनौ ठाउँमा गोलाप्रथाबाट किस्ताबन्दी खेलाउने अनुमति कहाँ बाट लिनु भएको हो ? सदस्यहरुलाई मात्र युट्युबमा जोडी गोलाप्रथा गराउने अनुमति कुन निकायले दिएको हो ? ग्राहकहरु सँग महिनै पिच्छे ११७५ रुपैयाँको दरले २४ महिनामा २८ हजार २ सय असुलेर अन्तिम महिनामा टिभी दिने नियम तपाईको प्रबन्धपत्रमा उल्लेख छ ? दर्शाईएको प्रश्नको जवाफ दिन हिम्मत छ भने पत्रकार सम्मेलन गर्न चुनौति छ ।
आफ्ना ठगी धन्दा सुचारु राख्न ग्राहकहरुलाई सन्तावना दिने उद्देश्यले बिना लेटरप्याड र छाप सहितको विज्ञप्ति निकालेर आफै चलाख बनेर ग्राहकहरूलाई उल्लू बनाउने काम बन्द गरेर टिभी एसेम्बल गर्न सल्लाह छ । पाठकवृन्द, अभियानको ठगी धन्दा सन्दर्भमा दर्जनौँ सञ्चारमाध्यमहरूमा समाचार प्रकाशन भए पनि स्थानीय प्रहरी प्रशासनले हालसम्म अनुसन्धान गरी कानुनी कारवाही प्रक्रिया अगाडि बढाउनुले पनि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्सा ५-५ लाखको अभियानबाट महिनावारी लिदै गरेको आरोप पुष्टि हुदैछ । वीरगञ्जका दिपेश वर्णवाल बढी विवादित व्यक्ति रहेको वीरगन्जवासी सँग लुकेको छैन् । उनी सुरु देखि नै विवादित काम गर्दै आएको र उनको बारेमा मात्र लेखियो भने एउटा ग्रन्थ नै लेख्न सकिन्छ । उनी जहिले पनि ठगी धन्दामा लागेर वीरगञ्जका सयौँ व्यक्तिलाई बेवकुफ बनाउदै हालसम्म ठगी धन्दामा नै संलग्न रहदै आएका छन् ।
पाठकवृन्द, महानटवरलाल काफ्लेले टिभी एसेम्बल गर्ने अनुमति लिई वीरगाथाबाट मात्र चिठ्ठा र किस्ताबन्दीको सदस्य बन्नेहरू सँग प्रवेश शुल्क रु. ५० र मासिक शुल्क ११ सय ७५ रुपैयाँ कम्पनीको प्रतिनिधि मार्फत जम्मा गर्ने गरेका छन् । जम्मा सदस्यहरू ७ हजार ९ सय ९९ रहेको किस्ताबन्दीमा सहभागी एक सदस्यले बताएका छन् । मासिक ११ सय ७५ को दरले ७ हजार ९ सय ९९ जनाको रकम ९३ लाख ९८ हजार ८ सय २५ रुपैया आउँछ भने २४ औं किस्तासम्म चल्ने गोलाप्रथाबाट किस्ताबन्दी २४ महिनामा २२ करोड ५५ लाख ७१ हजार ८ सय असुल्ने गर्ने गरेका छन् । वीरगंजको कार्यालयमा साझेदारी रही जिम्मा पाएका घडिअर्वा निवासी दिपेश वर्णवाल, रानीघाट निवासी सुशिल सर्राफ र नगवा निवासी ऋषिकान्त गुप्तालाई वीरगंजमा विवादित र नटवरलालको रुपमा चिनिने गरिन्छ । दिपेश वर्णवाल, सुशिल सर्राफ र ऋषिकान्त गुप्ताले पर्सा, बारा र रौतहट जिल्ला लगायत मधेश प्रदेश भरी नै चालु किस्ताबन्दीको ७ हजार ९ सय ९९ जना सदस्यहरू बनाउन सफल भएको बताइन्छ । मुख्य सञ्चालक काफ्लेलाई केही हिस्सा दिई बाकी रकममा तीनै जना सञ्चालकहरू बाँडफाँड गर्ने गरेको सो कार्यक्रममा सहभागीहरूले नै बताउँछन् ।
वीरगंज कार्यालयको अगाडि सदस्यहरूलाई झुक्याउन इलेक्ट्रोनिक्स पसल खोली आफ्नै कारखानाको उत्पादन हो भन्दै बजारको अन्य पसलबाट किनेर सो इलेक्ट्रोनिक्स सामानहरू राखिएको स्रोतले जनाएको छ । वीरगंज महानगरपालिकाले नियमानुसार अभियान डिजिटललाई व्यवसायिक अनुमति पत्र नदिनु पर्ने ठाउँमा मासिक रुपमा रकम असुल्दै सो अनुमति पत्र दिएको बुझिएको छ । अभियानले वीरगञ्जमा मात्र २४ महिनामा ग्राहकहरु सँग २२ करोड ५५ लाख ७१ हजार ८ सय ठगी गर्ने गरेका छन् भने काठमाडौं, नारायणघाट, राजविराज, बुटवल, भैरहवा लगायतका ठाउँहरूमा गोलाप्रथाबाट चिठ्ठा र किस्ताबन्दी खेलाउदै अर्बौ अर्ब ठगी गरिरहेको समाचार स्रोतको भनाई रहेको छ । वीरगंज महानगरपालिका–१५ नेशनल मेडिकल कलेज जाने बाटो भिस्वा त्रिशुल चौकको १०० मिटर पश्चिम कार्यालय खोली अडा जमाएर बसेका दिपेश वर्णवाल लगायतका ठगहरूले आफ्ना ठगी धन्दाहरू दिन दु गुना रात चौगुना” अगाडि बढाइरहँदा पनि नियमनकारी निकायले अभियानको ठगी धन्दाबाट हिस्सा पाएर मौन बसेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend