logo
  • शुक्रबार, असोज ९ २०८३

मेलाहरुका कारण युवाहरु कुलतमा फस्ने जोखिम बढेको बडिगाड अध्यक्ष अधिकारीको दावी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

कमल पौडेल
१० मंसिर, बडिगाड, बागलुङ ।

बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले मेलाहरुका कारण युवाहरु कुलतमा फस्ने जोखिम बढेको बताउनु भएको छ। आज पौंदि न्वागी मेला २०८० को समापनगर्दै पालिका अध्यक्ष अधिकारीले बागलुङ पश्चिम क्षेत्रकै ठूलो मेला पौंदि न्वागीले पनि विसङ्ती लाई प्रश्रय दिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो।

युवाहरु आनन्द-रमाइलोको नाममा मेलामा धुम्रपान तथा मद्यपानमा लठ्ठीएको आफूले देखेको भन्दै त्यस्तो गलतबाटोमा नलाग्न आग्रह समेत गर्नुभएको छ। मेलाकै अवसरमा जुवा खेलाउने प्रवृत्ति समेत निरुत्साहित गर्नुपर्ने भन्दै अध्यक्ष अधिकारीले सुरक्षा निकायसंग पनि समन्वय गरिरहेको जानकारी दिनुभयो। साताव्यापी चलेको मेलाको अवसरमा आयोजित खुल्ला वडा स्तरीय भलिवल प्रतियोगितामा निसिखोला गाउँपालिका वडा नं. १ ले निसिखोलाकै वडा नं. २ लाइ ३–२ सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गरेको छ।

प्रथम हुने निसिखोला १ ले १ लाख १५ हजार ५ सय ५५ रुपैयाँ सहित कम, मेडल र प्रमाणपत्र हात पार्दा निसिखोला गाउँपालिका वडा नं. २ ले ७५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाउनु परेको छ। मेलाको अवसरमा भलिवल संगै खुल्ला एकल रेकर्ड नृत्य, खुल्ला समुहगत रेकर्ड नृत्य, खुल्ला नौमति बाजा, खुल्ला सोरठी भैलो, खुल्ला संस्थागत साँस्कृतिक कार्यक्रम, खुल्ला लोक भजन नृत्य, खुल्ला लोक भजन, खुल्ला छेलो, भालेछुने, हाँस छोप्ने लगाएतका प्रतियोगितात्मक कार्यक्रमहरु सम्पन्न भएका छन्।

कार्यक्रममा प्रकाश दूतराज, सुनिता बुढा क्षेत्री, दिलु सलामी, रेशम निर्दोष, नरेन्द्र आचार्य, इब्सल सन्ज्याल, सुप्रिम मल्ल ठकुरी, किरण विसि, विकाश परियार, उज्जल गिरी, रमा राना मगर, प्रेम विश्वकर्मा, छवि घिमिरे, लालमाया थापा लगाएतका कलाकारहरुको प्रस्तुती रहेको थियो। कार्यक्रममा सहयोगदाताहरुलाई सम्मान गरिएको थियो भने कार्यक्रमको सहजिकरण रामप्रसाद घिमिरे, नविन कुवँर, प्रदिप खरेल लगाएतले गर्नुभएको थियो। समापन कार्यक्रम पौंदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिका अध्यक्ष गुणानिधि घिमिरेको अध्यक्षता तथा वडाध्यक्ष समेत रहनुभएका सचिव विष्णु प्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो। ग्वालीचौरको खार बजारमा परम्परागत रुपमै न्वागीको अवसरमा मेला लाग्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend