साझा नेटवर्क
कमल पौडेल ०६ मंसिर, बागलुङ ।
मालिका नौमति बाजा समुह एडिनवर्ग, बेलायतको तर्फबाट जाजरकोट तथा रुकुम पश्चिमका भुकम्प पीडितको लागि राहत वितरण गरिएको छ। कार्तिक १७ गते गएको भुकम्पको कारण ठूलो धनजनको क्षति भएको क्षेत्रमा मालिका नौमति बाजा समुहले राहत स्वरुप ११ सय ब्लाङकेट वितरण गरेको समुहको तर्फबाट नेपाल प्रतिनिधि दिन बहादुर केसिले जानकारी दिनुभएको छ।

आइतबार रुकुम पश्चिमको सानोभेरी गाउँपालिकाकाको वडा नं. १ चाइनावगर र वडा नं. ४ को लागि गाउँपालिकाको केन्द्र सिम्लि बजारमा ५ सय ब्लाङ्केट वितरण गरिएको थियो। सो राहत सामाग्री बुझ्दै सानोभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकीले मालिका नौमति बाजा समुह एडिनवर्गलाई धन्यवाद दिनुभएको थियो। त्यस्तै वडा नं. १ का कार्यवाहक अध्यक्ष सेते कामीले राहत बुझ्दै सो राहत सामाग्रिलाई समानुपातिक ढंगले वितरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो। सो राहत वितरण कार्यक्रममा सानोभेरी गाउँपालिका वडा नं. १ र ४ का स्थानीय संगै जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। भने राहत हस्तान्तरणको लागि मालिका नौमति बाजा समुहका नेपाल प्रतिनिधि दिन बहादुर केसि, पत्रकार कमल पौडेल, युवा व्यवसायी सुनिल कार्कि र सन्देश अर्याल लगाएतको सहभागिता रहेको थियो।
रुकुम पश्चिमको सानोभेरी गाउँपालिकाको वडा नं. १ र ४ मा मात्रै भुकम्पमा परि १२ जनाको ज्यान गएको थियो भने ९० जना घाइते भएका थिए। जाजरकोट संग सिमा जोडिएको दुवै वडामा सयौं घरहरू भत्किदा स्थानहरू त्रिपालमा बस्न बाध्य भएका छन्।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend