logo
  • शनिबार, साउन ३० २०८३

अन्तरपालिका स्तरीय भलिवलको उपाधि बागलुङको गल्कोटलाई

निसिखोला उपविजेतामा सिमित


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कमल पौडेल,गुल्मी कार्तिक २७ ।

मुसिकोट गुल्मीको मुसिकोट नगरपालिकाले आयोजना गरेको प्रथम मुसिकोट मेयर रनिङकप भलिवल प्रतियोगिता २०८० को उपाधि बागलुङको गल्कोट नगरपालिकाले चुमेको छ। बागलुङकै निसिखोला गाउँपालिकालाई कडा प्रतिस्पर्धाका विच ३–२ सेटमा पराजित गर्दै गल्कोटले १ लाख ५० हजार सहित ट्रफि हात पारेको हो । उपविजेतामा चित्त बुझाएको निसिखोलाले १ लाख रुपैयाँ सहित ट्रफि प्राप्त गरेको छ। गल्कोटले बागलुङकै तमानखोला गाउँपालिकालाई र निसिखोलाले घरेलु टिम मुसिकोटलाई पछिपार्दै फाइनलमा प्रवेश गरेका थिए ।२२ गते देखि मुसिकोट नगरपालिकाको ग्वादीकाचौरमा सुरु भएको सो प्रतियोगितामा गुल्मी र बागलुङका १० पालिकाको सहभागिता रहेको थियो। लुम्बिनी प्रदेश सभा सदस्य डिल्लीराज भुसालले उद्घाटन गरको कार्यक्रमको मुसिकोट नगरपालिकाका मेयर जिवन खरेलले समापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend