logo
  • शुक्रबार, असोज ९ २०८३

एनआरएनए कतारद्वारा शोक सभा तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,दोहा कार्तिक २४।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले शोक सभा तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । २०८० कार्तिक १७ गते शुक्रबार मध्य राती जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर आएको बिनासकारी  भुकम्पमा परि ज्यान गुमाउनु भएका १५४ जना मृतक,परिवारहरु प्रती श्रद्धाञ्जली तथा शोक सभा कार्यक्रम दूतावासको सभा हलमा सम्पन्न गरेको हो ।

कार्यक्रममा भुकम्पमा परि घाइते हुनुभएका प्रति शिघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो भने बिनासकारी भुकम्पमा परि ज्यान गुमाउनु भएका मृतकको  सम्झनामा दिप प्रज्वलन गरि आत्माको चिर शान्तिको कामना गर्नुका साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको थियो । उक्त कार्यक्रम  जिल्ला संघ संस्थाका प्रमुख एवम् सामाजिक ब्याक्तित्व उल्लेखनीय उपस्तिथि रहेको थियो गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले नेपाली पाँच लाख नेपाली सहयोग गर्ने भएको छ ।

लुम्बिनी प्रदेश समन्वय परिषद कतारले पीडितहरुको सहयोगार्थ संकलन गरेको सहयोग रकम कतारी रियाल १७१३ सोही कार्यक्रममा प्रदेशका कार्यवाहक अध्यक्ष डिल्ली राम भट्टराईले एनसीसी कतारका अध्यक्ष रमेश भट्टलाई हस्तान्तरण गरेका थिए । उनले कतारमा स्थापित संघ संस्थाहरुले आ-आफ्नो क्षेत्रबाट राहत संकलन गरिएको समेत बताए । उक्त रकम दूतावास मार्फत  प्रधानमन्त्री राज्यकोषमा पठाईने छ ।

एनसीसी कतारका अध्यक्ष रमेश भट्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमामा नेपालि राजदुतावासका माहामहिम राजदुत डा. नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको सहजीकरण महासचिव रविन मगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend