logo
  • शनिबार, साउन ३० २०८३

आर्थिक समृद्धिको यात्रामा देश चुकेको एमाले सचिव विष्टको दावि


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कमल पौडेल,गुल्मी कार्तिक २४ ।

गलकोट नेकपा एमालेका सचिव गोकर्ण विष्टले राजनैतिक परिवर्तन पछि समृद्धिको यात्रा हुनुपर्नेमा देश चुकिरहेको बताउनु भएको छ । नेकपा एमाले जिल्ला कमिटि बागलुङको आयोजनामा निर्वाचन क्षेत्र नं. २, प्रदेश क अन्तरगतको प्रशिक्षण कार्यक्रमलाई गल्कोटमा सम्बोधन गर्दै सो कुरा बताउनु भएको छ । पूर्व मन्त्रि समेत रहनुभएका सचिव विष्टले देशको समृद्धि कृषिको आधुनिकिकरण, जलविद्युत र पर्यटनबाट रोजगारी सिर्जना गर्दै राष्ट्रिय पुँजीको वृद्धिले मात्रै हुने भन्दै वर्तमान गठवन्धन सरकार मुल्य वृद्धि र तस्करीलाई प्रोत्साहित गर्न उद्धत रहेका आरोप लगाउँदै पुँजीगत खर्च नभएकोले आर्थिक मन्दि भएको बताउनुभएको छ। एमाले जनताको पार्टी भएकोले जनताकै माझवाट बलियो बनेर २०८४ मा बहुमतको सरकार सञ्चालन गर्ने भन्दै सचिव विष्टले देशलाई समृद्ध बनाउने दावि गर्नुभयो ।

सो को लागि सम्भावना खोज्न र जनताको गुनासो सुन्न मंसिर १४ गते देखि मध्यपहाडि लोकमार्गमा पूर्व देखि पश्चिम सम्म समृद्धिको यात्रा सुरु गर्ने बताउनु भएको छ। कार्यक्रममा नेकपा एमाले पोलिटव्यूरो सदस्य जगत विश्वकर्मा, गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, केन्द्रिय सदस्य इन्द्रलाल सापकोटा, डा सुर्य पाठक, सावित्रा राना, जिल्ला अध्यक्ष हिरा केसि लगाएतले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम नेकपा एमाले गल्कोट नगरकमिटि अध्यक्ष पूर्ण काउचाको अध्यक्षता, ताराखोला गाउँकमिटि अध्यक्ष ऋषिराम रोकाको स्वागत मन्तव्य तथा बडिगाड गाउँकमिटि अध्यक्ष कमलराज आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । प्रशिक्षणमा बडिगाड गाउँपालिका, गल्कोट नगरपालिका तथा ताराखोला गाउँपालिकाका वडा कमिटिका पदाधिकारी सहित उपल्लो कमिटिका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend