logo
  • शनिबार, साउन ३० २०८३

मुसिकोट प्रथम मेयर कप अन्तरपालिका भलिवल प्रतियोगिता सुरु

पहिलो गेम मुसिकोटले जित्यो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कमल पौडेल,गुल्मी कार्तिक २२ ।

मुसिकोट प्रथम मेयरकप अन्तरपालिका भलिवल प्रतियोगिता २०८० मुसिकोट नगरपालिका वडा नं. ४, ग्वादीकाचौर, गुल्मीमा सुरु भएको छ । मुसिकोट नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य डिल्लिराज भुसालले खेल राष्ट्रको पहिचान भएकोले राज्यको लगानी वृद्धिहुनुपर्ने बताउनु भएको छ ।

खेल क्षेत्र विकासको लागि राज्यको दृष्टिकोण पुग्नुपर्ने भन्दै सांसद भुसालले राष्ट्रको विकास एकपक्षमा मात्रै नहुने बताउनु भएको छ । कार्यक्रममा नेपाल विद्यालय भलिवल कमिसनका अध्यक्ष राम केसि, गुल्मी जिल्लाको पहिलो भलिवल खेलाडि छवि खरेल, नेपाली काग्रेसका रमेश विक, नेकपा एमालेका नारायण सापकोटा, नेकपा माओवादी केन्द्रका युवाराज खरेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रम मुसिकोट नगरपालिकाका नगर प्रमुख जिवन खरेलको अध्यक्षता, मुसिकोट नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप खत्रिको स्वागत मन्तव्य तथा सदस्य सचिव, शिक्षा अधिकृत प्रकाश नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा कलाकारहरु उज्वल गिरि, विष्णु श्रीपाली लगाएतको प्रस्तुती रहेको थियो ।

आयोजक सहित १० समुहको सहभागिता रहेको प्रतियोगिताको पहिलो खेल मुसिकोट नगरपालिका र रेसुङ्गा नगरपालिका विच भएको छ। दुइ पालिका विच भएको खेलमा लगातार २ सेट हात पार्दै मुसिकोट नगरपालिका दोस्रो चरणमा प्रवेश गरेको छ।

भोली विहान ८ बजे देखि खेल सुरु हुने र भोलीको पहिलो खेल बागलुङ जिल्लाका निसिखोला गाउँपालिका र तमानखोला गाउँपालिका विच सञ्चालन हुने नगरखेलकुद विकास समितिका अध्यक्ष सन्दिप खत्रिले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend