साझा नेटवर्क
कमल पौडेल,गुल्मी कार्तिक २१ ।
गुल्मीको मुसिकोट नगरपालिकामा भोलिदेखि सञ्चालन हुने प्रथम मेयरकप अन्तरपालिका भलिवल प्रतियोगिताको तयारी पुरा भएको छ । ग्वादीकाचौर खेलमैदानमा सञ्चालन हुने मेयरकप रनिङ शिल्ड भलिवल प्रतियोगिताको तयारी पुरा भएको आज पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।
सो प्रतियोगितामा गुल्मी तथा बागलुङ जिल्लाका १० टिमको सहभागिता हुने नगर खेलकुद विकास समिति मुसिकोटका अध्यक्ष सन्दिप खत्रिले जानकारी दिनुभएको छ । लुम्बिनी प्रदेश सभा सदस्य डिल्लीराज भुसालले उद्घाटन गर्ने सो मेयर कप प्रतियोगिताको औपचारीक कार्यक्रम ११ बजे देखि र खेल दिउसो २ बजे देखि सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
दिउसो २ बजे हुने पहिलो खेल रेसुङ्गा नगरपालिका र मुसिकोट नगरपालिका विच हुनेछ । २२ गते देखि २४ गते सम्म हुने कार्यक्रम सञ्चालनको लागि मुसिकोट नगरपालिकाले ५ लाख बजेट विनियोजन गरेको छ । प्रतियोगितामा प्रथम हुने समुहले १ लाख ५० हजार पुरस्कार जित्ने छ भने द्धितिय पुरस्कार १ लाख रहेको छ ।
खेलको माध्यमबाट अन्तरपालिका सम्बन्ध स्थापित गर्ने तथा आन्तरिक पर्यटनमा वृद्धिहुने विश्वास नगरपालिकाको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend