साझा नेटवर्क
कमल पौडेल बाग्लुङ्ग कार्तिक २१ ।
बडिगाड इलाका प्रहरी कार्यालय बुर्तिवाङको आयोजनामा ग्वालीचौरमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरीले गरेका क्रियाकलापको जानकारी दिने तथा नागरिकको चासो र गुनासो सुन्ने कार्यक्रमको रुपमा नागरिक सुनुवाई गरिएको हो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरिक्षक राजकुमार विकले प्रहरीले गरेका र गर्ने सेवाको विषयमा जानकारी गराउनु भएको थियो । प्रमुख वि.क.का अनुसार चालु वर्षमा इप्रका बुर्तिवाङ अन्तरगत प्रहरीले १ हजार १ सय ५० जनालाई ट्राफिक कार्वाहि गरेको र ४ लाख ९५ हजार राजश्व असुली गरेको जानकारी दिनुभएको छ ।
कार्यक्रममा प्रहरी निरिक्षक वि.क. सहित बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वन, वडा नं. ५ का अध्यक्ष विष्णु प्रसाद आचार्य, ट्राफिक प्रहरी सहायक निरिक्षक प्यामनारायण पौडेलले नागरिकहरुले उठाएका सवारी भाडादर, पिकअप सञ्चालन, ट्राफिक व्यवस्थापन, लगाएतका सवालहरुमा जवाफ दिनुभएको थियो ।
भने नागरिकको तर्फवाट कृष्ण बहादुर घिमिरे, शिवलाल घिमिरे, कमल पौडेल, रमेश घिमिरे, राम बहादुर कुवँर, सागर भण्डारी, प्रेमलाल मल्ल, टंक पौडेल, टिका थापा लगाएतले सवाल उठाउनु भएको थियो ।
कार्यक्रम प्रहरी निरिक्षक राजकुमार विक को अध्यक्षता, प्रहरी सहायक निरिक्षक बामदेव विष्टको स्वागत मन्तव्य तथा प्रहरी सहायक निरिक्षक मिलन थापाको सञ्चालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend