logo
  • शनिबार, साउन ३० २०८३

प्रथम गुल्मी भलिबल कप २०८० काे दुवैतर्फको उपाधि सत्यवती गाउँपालिकालाई 


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

 

गुल्मी, कार्तिक १८ । प्रथम गुल्मी भलिबल कप २०८० सम्पन्न भएको छ । उक्त भलिबल कपमा पुरुष र महिला तर्फका दुबै उपाधि सत्यवती गाउँपालिकाले जितेको छ । अन्तिम खेलमा पुरुष तर्फ ३-० सेटले र महिला तर्फ २-१ ले कालीगण्डकी गाउँपालिकालाई हराउँदै दुवैतर्फको उपाधि हात पार्न सफल भएको छ ।

गुल्मी जिल्ला भलिबल संघको आयोजनामा सञ्चालित पालिका स्तरीय भलिबल प्रतियोगितामा १२ वटै स्थानीय तहले भाग लिएका थिए । कुल २१ टिमबीच भएको प्रतिस्पर्धामा सत्यवती गाउँपालिका महिला-पुरुष दुबै प्रथम स्थान, कालीगण्डकी गाउँपालिका महिला -पुरुष दोस्रो र चन्द्रकोट तेस्रो  र मुसीकाेट नगरपालिका चौथो र महिलातर्फको खेलमा गुल्मी दरबार गाउँपालिकाले तेस्रो र रुरु गाउँपालिकाले चौथो स्थान हासिल गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend