logo
  • शुक्रबार, असोज ९ २०८३

अस्थायी प्रहरी पोष्ट इनर्वा गाउँका प्रमुख असई राउतले दिए तस्करीको लाइन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

रंजित चौरसिया, वीरगंज १६ कार्तिक।वीरगन्ज महानगर वडा नं. १६ स्थित अस्थायी प्रहरी पोष्ट इनर्वा गाउँका प्रमुख प्रहरी सहायक निरीक्षक मुनिलाल राउतले अवैध धन्दा बापत रकम असुल गरिरहे पनि सम्बन्धित निकाय मौन रहेको देख्दा स्थानीय आश्चर्यमा परेका छन । सीमाबाट हुने अवैध क्रियाकलाप तस्करी बापत रकम असुल गरिरहेको स्थानीयको आरोप रहेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले आफ्नो कार्य क्षेत्र भित्र पर्ने कुनै नाकाबाट तस्करी हुन नदिन र गराउन खोज्ने प्रहरीलाई कानूनी कारवाही गर्ने बताए पनि प्रहरी सहायक निरीक्षक राउत माथि हाल सम्म कारवाही प्रक्रिया अगाडि नबढ्दा प्रश्न चिन्ह खडा भएको छ । “एनि हाउ पैसा कमाउ” अभियानमा लागेका अस्थायी प्रहरी पोष्ट इनर्वाका प्रहरी सहायक निरीक्षक राउतले हालको समयमा ठूला वडा तस्करलाई लाइन दिएको समाचार श्रोतले बताएका छन् ।

 हाल ईनर्वा गाउँ भएर राती ११ बजे देखि बिहान ४ बजे सम्म भारतबाट पटाखा, कपडा, हार्डवेयर, जुत्ता चप्पल, किराना लगायतका सामानहरू प्रहरीहरुकै मिलोमतोमा नेपाल आइरहेको छ भने नेपालबाट भारततर्फ रक्सी लगायतका सामग्रीहरू भारततर्फ तस्करी भइरहेको समाचार स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक शाहले पर्सा जिल्लाको सबै नाकामा कडाइ गर्न निर्देशन दिए पनि उनी मातहतका ईनर्वा गाउँबाट खुलेयाम रुपमा तस्करी भइरहेको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन् । यता स्थानीय युवाहरूका अनुसार प्रहरीले रकम नलिउन्जेल तस्करीको लाइन कुनै पनि हालतमा चल्न नसक्ने बताएका छन् । ईनर्वाका असई राउतले रकम बुझे पश्चात् तस्करीको लाइन दिएको समाचार स्रोतको दाबी रहेको छ । यस विषयमा प्रहरी उपरीक्षक शाहको यसतर्फ ध्यान जान अति आवश्यक रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend