logo
  • शनिबार, साउन ३० २०८३

संचारकर्मी अनिल खत्रीको स्वरमा “आधा रातैमा” बजारमा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क,गुल्मी कार्तिक १२ ।

गुल्मीको मदाने गाउँपालिका ०१ अग्लुङ्गमा जन्मिएका लोक तथा दोहोरि गायक अनिल खत्रीको स्वरमा लोकदोहोरी गित “आधा रातैमा” एल्बम सार्बजनिक भएको छ। पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगीत चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् ।नेपाली लोक गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै विच खत्रीको लोकदोहोरी गित सार्बजनिक भएको हो । उनी गुल्मी जिल्लाको सदरमुकाममा रहेको सामुदायिक रेडियो स्काईमा संयोजकको रुपमा कार्यरत छन । सख्यात्मक भन्दा पनि गुणात्मक तरिकाले साङ्गितिक बजारमा गितहरु निरन्तर आउने क्रममा यो गित बजारमा आएको हो । उनका यो भन्दा अगाडि जिन्दगीको बाटो ,खुन ,बसिदेउ काखैमा, अचानो, काहानी ,कति बगाउ आँसु आखामा लगाएतका गित बजारमा आई सकेको बताएका छन ।

गितमा अनिल खत्री र बसन्ता खनालको सुमधुर स्वरमा सुन्न सकिन्छ । जुन गित कार्तिक १२ गते आइतबार बेलुका ५ बजे “आधा रातैमा” नामक गित ” गणेश बाबू बि क” युटुब च्यानल बाट सार्बजनिक भएको छ । अनिल खत्रीको उत्कृष्ट शब्द सृर्जना एवम् अनिल खत्रीकै लय रचनामा रहेको गितमा लोकप्रिय व्याक्तित्व सिताराम घिमिरे र बिनिता दाहालको अभिनय रहेको छ ।

गितको निर्देशन गणेश बाबू बिकको रहेको छ भने गितको एरेन्ज महेन्द्र भणडारिले गरेका हुन ।

भिडियो ….

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend