साझा नेटवर्क
साझा नेटवर्क, कतार कात्तिक १३ ।
कतार गुल्मी सेवा समाज कतारले दशै मिलन तथा शुभकामना आदान-प्रदान कार्यक्रम सु-सप्पन्न गरेको छ । समाजले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै दशै मिलन तथा शुभकामना आदान-प्रदान कार्यक्रम कार्यक्रम भब्य रुपमा सप्पन्न गरेको हो।
समाजका कार्यवाहक अध्यक्ष मित्र बि एसको सभापतित्व तथा समाजका सस्थांपक सचिव अर्जुन बस्नेतको विशिष्ट आतिथ्यता सङ्गै विशेष अतिथीमा संरक्षक बिजय बस्नेत, प्रमुख सल्लाहकार कुमार अविरल पन्थी, महिला संयोजक कल्पना घर्ती, समाजसेवी तिल बिक्रम मगर, बिमल सुवेदी, संस्थाका पुर्व कार्यसमिति पदाधिकारीहरु लगायत गुल्मेली तथा गैर गुल्मेलीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
हिन्दुहरुको महान चाड बडा-दशै मिलन तथा शुभकामना आदान-प्रदान कार्यक्रम समाजले हरेक बर्ष आयोजना गर्दै आएको र यस वर्षपनि समाजले निरन्तरता दिदै कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक कुमार राहादी मगरले बताए ।
कार्यक्रममा विशिष्ट व्यक्तिहरुद्वारा दाजुभाई तथा दिदीबहिनीहरुले टीका ग्रहण गर्दै सम्पुर्ण परदेश तथा घरदेशमा रहेका सम्पुर्ण नेपालीहरुलाई विजया दशमीको शुभकामना आदान प्रदान गर्दै शुभकामना मन्तव्य समेत राखेका थिए ।
कार्यक्रम संयोजक कुमार राहाडी मगरको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण समाजका सचीव दर्शन सुनारले गरेका थिए । कार्यक्रमलाई समापन गर्दै सभापति बि एस ले कार्यक्रमलाई सभ्य र भब्य बनाउन अहोरात्र खटनुहुने कार्यसमितिका सम्पुर्ण पदाधिकारीहरुलाई धन्यवाद प्रकट गर्दै कार्यक्रममा उपस्थित सम्पुर्णलाई विजया दशमीको शुभकामना व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।
“गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निस्वार्थ सेवा समाज आजको आवश्यकता” भन्ने मुल नाराका साथ सन २००३ मा स्थापना भएको समाज कतार तथा गृह जिल्ला गुल्मीमा विभिन्न सामाजिक कार्यमा सक्रिय रहदै आएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend