logo
  • शुक्रबार, असोज ९ २०८३

चितवनको राप्तीमा साहित्यकार अभिनन्दित, सांस्कृतिक झाँकी सहित कलाको प्रदर्शनी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

 कमल पौडेल ०१ कार्तिक । चितवन चितवनको राप्ती नगरपालिकामा लघुकथामा समर्पित साहित्यकारलाई अभिनन्दन गरिएको छ। नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो प्रथम वार्षिक साधारण सभाको अवसरमा वरिष्ठ साहित्यकारद्वय डा. विदुर चालिसे र गोपाल अश्कलाई अभिनन्दन गरेको हो। त्यस्तै नमस्ते आधुनिक लघुकथा मञ्चले स्थापना गरेको लघुकथाश्री समालोचक सम्मान २०८० बाट बरिष्ठ साहित्यकारहरू डा. विदुर चालिसे, डा. शंकरप्रसाद गैरे र लक्ष्मण अर्याल सम्मानित हुनुभएको छ। त्यस्तै लघुकथालय पुरस्कार २०८० बाट लघुकथा कृति बोकाको खुसीको लागि वरिष्ठ साहित्यकार डा. शेखरकुमार श्रेष्ठ, हेमलता स्मृति लघुकथा सम्मान २०८० बाट ज्यो. नानी बिवु र बसन्त अनुभव, हेमलता स्मृति लघुकथा सम्मान २०८० बाट अनु विज्ञाती र अनुग्रह राना मगर पुष्प पुरस्कृत हुनुभएको छ।

त्यस्तै वर्ष लघुकथाकार २०७९ मा प्रथम हुने डा. विदुर चालिसे, द्वितीय गंगा खड्का र तृतीय तुलसी पण्डित, वर्ष लघुकथाकार २०८० बाट प्रथम अरुण बहादुर खत्री नदी, द्वितीय डा. विदुर चालिसे र तृतीय धनराज गिरि, वर्ष उत्कृष्ट लघुकथा वाचन तर्फ कमल पौडेल, प्रतिक्षा पौडेल र महेश जिज्ञासु नगद पुरस्कार सहित सम्मानित हुनुभएको छ। त्यस्तै वर्ष पाठक २०७९ मा प्रथम अनन्तराज उपाध्याय, द्वितीय दुर्गा अधिकारी पैरवी, तृतीय टंक बहादुर आले मगर, वर्ष पाठक २०८० मा सुरेश कुमार पाण्डे प्रथम, दुर्गा अधिकारी पैरवी द्वितीय र हरि उपाध्याय तृतीय तथा वर्ष उत्कृष्ट पाठक २०७९ र ८० मा ज्योति खड्का पाण्डे नगद पुरस्कार सहित सम्मानित हुनुभएको छ। कार्यक्रममा आधुनिक नेपाली लघुकथाको परिचर्चा समेत गरिएको छ।

 साहित्यकार, समालोचक, भाषाविद् डा. विदुर चालिसे र गोपाल अश्कले आधुनिक नेपाली लघुकथाको चर्चा गर्दै लघुकथा सँग सम्बन्धित प्रश्नहरूको जवाफ खोज्नुभएको थियो भने कार्यक्रमको सहजिकरण साहित्यकार डा. शंकरप्रसाद गैरेले गर्नुभएको थियो। राप्ती नगरपालिका वडा नं. ४, डडुवाको जुमेरा होटल एण्ड लजमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा राप्ती नगरपालिकाका नगरप्रमुख शमशेर लामा, तथा वशिष्ठ अतिथिको रुपमा साहित्यकारहरु डा. विदुर चालिसे, गोपाल अश्क, लक्ष्मण अर्याल, बसन्त अनुभव, अनु विज्ञाति लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

 कार्यक्रममा धौलागिरि नौमति बाजा समुहको पञ्चै बाजा, मगरजातिको कौडा, थारु जातिको डम्फु नाच, झाम्टा नाच, हरेराम हरेकृष्ण किर्तन मण्डलको भजन तथा झाँकीहरु प्रदर्शन गरिएको थियो। कार्यक्रममा साहित्यिक स्रष्टाहरू डा. शंकरप्रसाद गैरे, लक्ष्मण अर्याल, केशवराज आमेदी, डा. हिमलाल श्रेष्ठ, कल्याण पन्त, अजित आचार्य, रमेन्द्र कोइराला, वसन्त अनुभव, विष्णु पन्थी बिनु, होम प्रसाद न्यौपाने, अनु विज्ञाति, सिता रेग्मी, शारदा दाहाल भण्डारी लगायतले लघुकथा वाचन गर्नुभएको थियो। प्रथम साधारण सभाले पुनः घनश्याम डल्लाकोटी कृष्णजी शर्माको नेतृत्वमा नमस्ते आधुनिक लघुकथा मञ्चको ७ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ। सभाले सचिव वसन्त अनुभवले प्रस्तुत गरेको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष यमुना प्रधानाङ्गले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पास गरेको छ। कार्यक्रम नमस्ते आधुनिक लघुकथा मञ्चका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजि शर्मा’ को अध्यक्षता, सचिव वसन्त अनुभवको स्वागत मन्तव्य तथा पत्रकार कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend