logo
  • शुक्रबार, असोज ९ २०८३

दाङमा खसी–बोका खरिदका लागि मूल्य निर्धारण


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,दाङ् असोज २८ ।

दाङमा खसी–बोका खरिदका लागि मूल्य निर्धारण गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गरेर काठमाडौं पठाउनका लागि मूल्य निर्धारण गरिएको हो । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बुधवार बसेको बैठकले मूल्य निर्धारण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुुनारले बताए ।

उनका अनुसार जिउँदो खसी २५ केजीभन्दा माथिका प्रतिकेजी ५ सय ६२ रुपैयाँ तोकिएको छ । त्यस्तै खसी २० देखि २५ केजीसम्मको प्रतिकेजी ५ सय ४५ रुपैयाँ निर्धारण गरिएको छ । बोका १८ केजी भन्दामाथि प्रतिकेजी ५ सय ४२ रुपैयाँ निर्धारण गरिएको प्रमुख सुनारले बताए । मूल्य निर्धारणसँगै खसी, बोका खरिद गर्न सुरु गरिने समेत उनले बताए । मूल्य निर्धारण हुन नसक्दा खरिदको काम समेत अगाडि बढ्न सकेको थिएन् । सबै क्षेत्रबाट मूल्य ल्याएर समितिले मूल्य निर्धारण गरेको उनको भनाइ छ ।

व्यापार कम्पनीले असोज २८ गतेदेखि कार्तिक २ गतेसम्म खसी–बोका खरिद गरेर काठमाडौं पठाउने भएको छ । ढुवानीका लागि सूचना आह्वान गरिसकिएको प्रमुख सुनारले बताए । खाद्य व्यापार कम्पनीले यस वर्ष ७ सय खसी–बोका काठमाडौं लैजाने भएको छ ।

सम्पर्कमा आएकासँग नपुग्ने भएमा तुलसीपुर उपमहानगरपालिका, दंगीशरण, शान्तिनगर, बबई गाउँपालिका र देउखुरी भेगबाट खरिद गरिने प्रमुख सुनारले बताए । हरेक वर्ष खाद्य व्यापार कम्पनीले जिल्लाबाट खसी–बोका खरिद गरेर काठमाडौं पठाउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend