साझा नेटवर्क
दर्शन सुनार,कतार ।
गण्डकी समन्वय परिषद कतारले प्रशिक्षण कार्यक्रम २०२३ भब्य रुपमा सम्पन्न गरेको छ । गण्डकी प्रदेश समन्वय परिषद कतारले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै नेपाली राजदूतावासको सभाहलमा गण्डकी प्रदेश समन्वय परिषद कतारको समन्वय र प्रदेशमा आवद्ध रहेका सम्पुर्ण जिल्ला संस्थाहरुको संयुक्त आयोजनामा “कतारको आधारभुत श्रम कानुन” सामाजिक सुरक्षा तथा राहदानी र श्रम स्वीकृति अन्लाईन नविकरण प्रशिक्षण कार्यक्रम २०२३ सम्पन्न गरेको हो ।
गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष सागर पौडेलको सभापतित्व तथा नेपाली राजदूतावास कतारका प्रथम सचिब कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यता सप्पन्न कार्यक्रममा राष्ट्रिय मानव अधिकारका प्रोफेसर रमजान अलि मिया, एनसिसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थी सङ्गै कतारमा स्थापित संघ-सस्थांका प्रमुख एवं प्रतिनिधिको उपस्थित रहेको थियो । बिधिगत रुपमा उद्धघाटन सहित अघि बढेको कार्यक्रम लगत्तै प्रशिक्षण कार्यक्रम सुरु भएको थियो ।
राष्ट्रिय मानवअधिकार आयोग कतारका नेपाली समुदायका प्रतिनिधि प्रोफेसर रमजान अलि मियाले कतारको नीति नियम र नियमन, भाषा कानुनको बारेमा बताउदै कतार राज्यको श्रम र ऎन सम्बन्धी प्रष्ट पार्द सबैलाई कतारको नियम र कानुनलाई पालना गर्न आग्रह समेत गरे । कतारमा रहेका नेपाली श्रमिकका विबिध बिषयमा बताउदै मानव अधिकार सम्बन्धी कुनै समस्या परेमा आफुलाई सम्पर्क गर्न आग्रह गर्दै राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय काठमाडौ तथा विभिन्न प्रदेशमा समेत रहेको बताए ।
नेपाली राजदूतावास कतारकी श्रम सहचारी वक्ता सन्धया भट्टराई ले राहदानी सम्बन्धी सम्पुर्ण जानकारी गराएकी थिइन ई पासपोर्ट जारी गर्ने दक्षिण एशियाली मुलुकमा नेपाल पहिलो मुलुक भएको बताउदै राहदानीको लागी चाहिने आवश्यक सम्पुर्ण कागजातहरुको बारेमा बताउदै राहदानी नविकरण गर्दा नेपाल सरकारले निर्धारित गरेको राजस्व तथा दस्तुरको बारेमा प्रष्ट पार्दै राहदानीको म्याद सकिएपछी राहदानीको लागी अपारमेन्ट कहाँ र कसरी लिने भन्ने बारेमा बताउदै अन्लाईन मार्फत गरिने अन्लाईन प्रकृयाको बारेमा अन्लाईन कसरी गर्ने भन्ने बारेमा फर्मालिटी बताएकी थिईन ।
नेपाली राजदूतावास कतारका श्रम सहचारी वक्ता कृष्ण पौडेल ले सामाजिक सुरक्षा कोषको बारेमा बताउदै वैदेशिक रोजगारीमा रहेका श्रमिकले सामजिक सुरक्षा कोषबाट प्राप्त गर्ने छुट तथा अन्य ब्यवस्थाहरु तथा सहुलियत सम्बन्धी ब्यवस्थापनको बारेमा बताउदै सामाजिक सुरक्षा कोषमा किन र कसरी आवद्ध हुने भन्ने बिषयमा बताउदै सामाजिक सुरक्षा कोषको भावी योजना तथा अल्पकालीन सुधार र दिर्घकालिन सुधारको बारेमा समेत जानकारी गराउदै सामाजिक सुरक्षा कोषमा बिदेशबाट कसरी सुचिकृत हुने भन्ने सिस्टमको बारेमा प्रष्ट पारेका थिए ।
श्रम स्वीकृति किन र कसरी गर्ने श्रम स्वीकृति न लिएर वैदेशिक रोजगारमा जादा हुने फाईदा र बेफाईदाको बारेमा बताउदै वैदेशिक रोजगारमा रहदा श्रम स्वीकृति अनलाईन मार्फत कसरी गर्ने भन्ने बारेमा सिस्टम सहित फर्मालेटी रुपमा जानकारी दिएका थिए कार्यक्रममा प्रशिक्षण वक्ताहरुलाई गन्डकी प्रदेशले नेपाली ढाका टोपी लगाएर मायाको चिनो सहित सम्मान गरेको थियो ।
प्रमुख अतिथी सुवेदीले आफनो शुभकामना मन्तव्य बोल्दै राजदुतावासले गर्नु पर्ने प्रशिक्षण कार्यक्रम गन्डकी प्रदेशले आयोजना गरेर अत्यन्तै राम्रो कार्यक्रम गरेको बताउदै वैदेशिक रोजगार कतारमा रहेका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कतारको नियम र कानुनलाई फलो गर्न सबैलाई आग्रह गर्दै राजदूतावासको फोन कल न उठने, समस्याको समाधान न भएको भन्दै धेरैको गुनासो आफु माझ आईरहेको बताउदै त्यसको समस्याको समाधान आफु तत्कालै लागी पर्ने बताए ।
नेपाली राजदूतावासका कुनै पनि कर्मचारीले दुख दिएमा वा दूतावास सम्बन्धी अन्य कुनै समस्या भएमा आफुलाई भेटन वा कल गर्न सबैलाई आग्रह गरे गन्डकी प्रदेश परिषद कतारका वरिष्ठ उपाध्यक्ष नन्दलाल बिक को स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण महासचिव कल्याण थापा ले गरेका थिए ।
सभापति पौडेलले कार्यक्रमलाई समापन गर्दै कार्यक्रमलाई सभ्य र भब्य बनाउन सहयोग गरिदिनुहुने प्रदेश मातहतमा रहेका सम्पुर्ण जिल्ला संस्थाका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन हलमा उपस्थित सम्पुर्णलाई आभार प्रकट गर्दै कार्यक्रमको समापान गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend