logo
  • शुक्रबार, असोज ९ २०८३

नवलपरासीमा १२ लाख बढीको अबैध कपडा नियन्त्रणमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सहबान अन्सारी, नवलपरासी असोज २४ ।
नवलपरासीमा १२ लाख ७० हजार ४ सय मुल्य बराबरको अबैध कपडा प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार सरावल गाउँपालिका वडा नं. ७ बुलन्दपुर स्थित अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी थान कपडा, जयपुरी साडी, जयपुरी सुट, रेडिमेट ब्लाउज, जेन्स कुर्ती, लेडिज सुट र रेडिमेट टप्स लगायतका सामानहरु प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिभिन्न प्रकारका कपडाहरु पैदल मार्गबाट टाउकोमा बोकी ल्याउदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय महेशपुरका प्रहरी निरिक्षक फल बहादुर तमाङको कमाण्डमा खटिएको प्रहरी टोलीलाई देखी उक्त कपडाहरु सोही स्थानमा फालेर मानिसहरु भागेका हुन ।

नियन्त्रणमा लिएको कपडाहरु आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend