logo
  • शनिबार, साउन ३० २०८३

नेपाली जहाज पठाएर भएपनि इजरायलमा रहेका नेपालीलाई स्वदेश ल्याउनुपर्छ : माधव नेपाल


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

दाङ, असोज २२।
नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले इजरायलमा अलपत्र परेका नेपाली विद्यार्थीलाई नेपाल सरकारले तत्काल सुक्षित स्थानमा सार्न पहल गर्नुपर्ने बताएका छन् । दाङको लमहीमा समाजवादी जागरण यात्रालाई सम्वोधन गर्ने क्रममा उनले घाईते तथा अलपत्र परेका नेपालीहरुलाई सरकारले नेपाली जहाज पठाएर ल्याउनेगरी पहल थाल्न आग्रह गरेका हुन् ।

‘इजरायलको घटनाले दुःखी बनाएको छ । हामी दुखी छौं । सरकारले छिटो त्यहाँ रहेका नेपालीलाई सुरक्षित स्थानमा सार्न पहल गरोस । अनी नेपाली जहाज पठाएर भए पनि आफ्नो देशमा ल्याउन भूमिका खेलोस’उनले भने,‘सरकारले मंगलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको खबर सुनेको छु । घाईतेको उपचार र मृतकको शवलाई चाँडै नेपाल भूमिका खेल्नुपर्छ ।’

यस्तै उनले समाजवादी जागरण यात्राले समाजवादको बलियो जग निर्माण गर्ने दावी गरे । उनले कृषि क्षेत्रबाटै मुलुकको समृद्धी हुने जिकिर गर्दै देशमै रोजागरीको अवसर सृजना गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।‘कुशासन हट्नुपर्छ । अनी देश अघि बढ्छ’उनले भने,‘यसका लागी समाजवादको बलियो आधार चाहिन्छ । त्यही आधार बनाउन हामी हिडेका छौं ।

समाजवादी जागरण यात्रा एक हजार दुई सय किलोमिटर पार गरेर टुंगिने बताए । असोज ९ गते पूर्वी झापाबाट सुरु भएको यात्रा असोज २९ मा सुर्खेतमा पुगेर टुंगिने छ । कार्यक्रमलाई उपाध्यक्ष राजेन्द्र पाण्डेले सम्वोधन गर्दै समाजवादी जागरण यात्राले नयाँ उर्जा थपको दावी गरे ।

दाङमा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री तथा सम्मानीत नेता झलनाथ खनाल, पार्टीका नेताहरु घनश्याम भुसाल लगायतका नेताहरु आएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend