logo
  • शुक्रबार, असोज ९ २०८३

स्थानीय तहका कर्मचारीको आन्दोलन जारी, पेन डाउन हुँदा बडिगाड गाउँपालिकामा पनि सेवा प्रवाह प्रभावित


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल,  बागलुङ  असोज १९।
बडिगाड गाउँपालिकामा स्थानीय तह कर्मचारीहरूले पेन डाउन गरेका छन्। स्थानीय तह कर्मचारी केन्द्रिय संघर्ष समितिको आह्वान अनुसार अत्यावश्यक सेवा बाहेक सबै सेवा अनिश्चितकालको लागि बन्द रहेको भन्दै बडीगार्डमा पनि पेन डाउन गरिएको छ।

स्थानीय सेवाका कर्मचारीहरूको वृत्ति विकास एवं सेवाको सुरक्षा लगायतको विषयमा २० बुँदे माग सहित पेन डाउन गरेको स्थानीय तह कर्मचारी संघर्ष समिति बडीगार्डका अध्यक्ष पूर्ण घर्तिले जानकारी दिनुभएको छ। संघर्ष समितिले आज एक विज्ञप्ति जारी गर्दै केन्द्रिय कार्यक्रम अनुसार बडिगाड गाउँपालिकामा पनि अत्यावश्यक बाहेक सबै सेवा बन्द रहेको जानकारी दिइएको छ।

विज्ञप्तिमा दबाबमूलक सङ्घर्षका कार्यक्रममा लाग्नु बाध्यता भएको भन्दै यसबाट सेवाग्राहीमा पर्ने असर प्रति क्षमा मागिएको छ। संघीय निजामती विधेयकमा स्थानीय तहका कर्मचारीहरूको माग सम्बोधन गर्न दबाब स्वरुप कर्मचारीहरू ६ दिन देखि आन्दोलनमा रहेका छन्।

स्थानीय तहका कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवावाट हुनुपर्ने, स्थानीय सेवाबाट प्रदेश र संघीय निजामती सेवामा प्रवेश गर्न उमेरहद लागू हुन नहुने, समायोजन भएकाहरूको भविष्यलाई उचित सम्बोधन गर्नुपर्ने, अस्थायी तथा करारका कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने, ट्रेड युनियन अधिकारी पाउनुपर्ने लगायतका माग राखी काठमाडौं केन्द्रित आन्दोलनसँगै स्थानीय तहमा पनि दवाव मूलक कार्यक्रम सुरु गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend