logo
  • शनिबार, साउन ३० २०८३

जेष्ठ नागरिकको घर-घरमै पुगेर स्वास्थ्य परिक्षण तथा औषधि वितरण सुरु


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

चक्र चन्द , गुल्मी असोज १९ ।
गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ भित्रका जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य परिक्षण सुरु गरिएको छ । विश्व जेष्ठ नागरिक दिवसको अवसर पारेर सुरु गरिएको यो अभियानमा जेष्ठ नागरिकहरुको घरमै पुगेर निशुल्क स्वास्थ्य परिक्षण,परामर्श र आवस्यक औषधि वितरण लगायतका सेवा उपलब्ध गराइएको वडा अध्यक्ष सुशील चन्दले बताउनु भयो ।

”जेष्ठ नागरिकहरु समाजका अगुवा भएको र उहाँहरु बाट नयाँ पुस्ताले धेरै कुरा सिक्न सकिने भन्दै जेष्ठ नागरिकको सेवा पुर्याउनु आफ्नो कर्तव्य जिम्मेवारी भएको अध्यक्ष चन्दको भनाई रहेको छ । जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गर्न स्वास्थ्यकर्मि सहित वडा अध्यक्ष चन्द स्यंम उहाँहरुको घर- घरमा पुग्नुभएको छ ।

उमेरले ८१ वर्ष लागेकी मेखली सार्की पहिलो पटक आफ्नो घरमै स्वास्थ्य परिक्षण गराउन पाउँदा दंग परेको बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ -‘यो उमेर सम्म कहिल्यै यसरि चेकजाँच गराएर औषधि लिएको थिएन,पहिलो पटक घरमै बसीबसी निशुल्क स्वास्थ्य परिक्षण र औषधि प्राप्त गर्दा खुसि छु,यो व्यावस्था मिलाउनुहुने अध्यक्ष ज्युलाई धन्यवाद ।”

पछिल्लो पटक युवाहरु रोजगारिको शिलशिलामा देश बाहिर तथा छोरी,बुहारीहरु अध्ययनको लागि सहर पसेपछि गाउँमा वृद्ध वृद्धाहरु एक्लै पर्न थालेका छन् । यसरि वडाका प्रत्येक टोलका जेष्ठ नागरिकको घर- घरमै पुगेर स्वास्थ्य परिक्षण तथा औषधि वितरण लगायतका सेवा प्रवाह गर्दा उनीहरुलाई धेरै सहज हुने छ । जेष्ठ नागरिक समाजका गहना हुन्,ऐना हुन् सबैले उहाँहरुको सम्मान र सेवा गरौँ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend