logo
  • शनिबार, साउन ३० २०८३

आन्दोलनरत राहतका शिक्षकहरु र शिक्षा मन्त्रालयबीच सहमति


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, काठमाडौं असोज १२ ।
संघीय राजधानी काठमाडौैंमा आन्दोलनरत राहतका शिक्षकहरु र सरकारबीच सहमति भएको छ । आज (शुक्रबार) अपरान्ह सिंहदरबारस्थित् शिक्षा मन्त्रालयमा भएको वार्ताबाट दुई पक्षबीच सहमति जुटेको हो । वार्तामा शिक्षामन्त्री अशोक राई, शक्षाराज्यमन्त्री प्रमिला कुमारी र सचिव सुरेश अधिकारी सहभागी थिए ।

शुक्रबार सरकारले आन्दोलनको आह्रान गर्ने नेपाल शिक्षक महासंघसँग ७ बुँदे सहमति गरेपछि आन्दोलन स्थगित गरेको थियो । तर महासंघ र सरकारबीच भएको सहमतिमा असन्तुष्टि जनाउँदै राहतका शिक्षकहरुले आन्दोलन जारी राख्ने घोषणा गरेका थिए । उनीहरुले शनिबारदेखि माइतीघरमा आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिएका थिए ।

आन्दोलनकै क्रममा राहतका शिक्षक ,बालविकासका शिक्षकहरु घाइते समेत भएका थिए । सरकारले  आन्दाेलन जारी राखेकाे  एक सातापछि वार्ता  गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend