logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीमा पहिरोमा परी १७ वर्षीय मजदुरको मृत्यु, दुई जना घाइते


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

असोज ८,२०८० गुल्मी । गुल्मीमा पहिरोमा परी मजदुरको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर तीन भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणधीन घर माथिबाट पहिरो खस्दा मजदुर प्यूठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्बर तीनका १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिए ।

 यस्तै पहिरोमा परी घरधनी ७९ वर्षका शेरबहादुर बेलबासे र प्यूठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्बर तीनका २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 शवलाई पोस्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको र पोस्टमार्टम पश्चात आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ । घाइतेहरूको गुल्मी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

स्रोत: पत्रकार महेश बोहोराको वालबाट साभार गरिएको ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend