साझा नेटवर्क
साझा नेटवर्क, गुल्मी असोज ८।
केहिदिन अघि सार्वजनिक भएको नेपाली मौलिक लोकगीत “खोली निउरो”ले चर्चा बटुलेको छ । लोकप्रिय गायक रामचन्द्र चन्दकी आमा पुनम चन्दको स्वरमा रहेको गित रामचन्द्र चन्दको युट्युव च्यानल मार्फत डिजिटल बजारमा सार्वजनिक भएको थियो ।
गुल्मीको शान भनेर चिनिने सुमधुर स्वरका धनी लोक गायक रामचन्द्र चन्दकी आमाको स्वर छोराको भन्दा बढी उत्कृष्ट रहेको छ । आमा पुनम चन्दले गायको मौलिक गीत “खोली निउरो, बल्ल दिल बिउरो”ले रित्ता गाउँदेखि वृद्धाश्रमका नमिठा पाटाहरुलाई प्रष्ट देखाएको छ ।
मौलिक संस्कृति संरक्षणको यौटा अभियान नै चलाएका लोक सर्जक हेमनाथ खरालले गुल्मीको स्थानीय ठेटबोलीका शब्दहरुलाई गाँसेर गरिएको लय एवं शब्द सिर्जनामा रहेको गीतलाई आफ्नै छोरा रामचन्द्र चन्दको संगीत संयोजनमा विरह बगाउँदै आमा चन्दले गाउनु भएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend