logo
  • शुक्रबार, असोज ९ २०८३

मगर संघ शाखा कतारको महिला विभागले मनायो स्थापना दिवस


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

दर्शन सुनार, कतार असोज ६ ।

“जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको लागी हाम्रो आन्दोलन,सशक्तिकरण र पहिचानको पक्षमा हाम्रो अभियान” भन्ने मूल नाराका साथ नेपाल मगर संघ शाखा कतारको महिला विभागले २६ औ स्थापना दिवस सम्पन्न गरेको छ । विभागले नेपाल मगर महिला संघको २६ औ स्थापना दिवस तथा चेली माईती भेटघाट कार्यक्रम २०२३ सम्पन्न गरेको हो ।

नेपाल मगर संघ शाखा कतारको महिला उपाध्यक्ष तथा महिला संयोजक बिना मगरको सभापतित्व तथा नेपाल मगर संघ शाखा कतारको प्रथम उपाध्यक्ष तथा वर्तमान कार्यवाहक अध्यक्ष देवी कुमारी मगरको प्रमुख आतिथ्यतामा २६ औ स्थापना दिवस सप्पन्न गरेको हो ।

विधिवत रुपमा दिप प्रजलन गरेर उद्धघाटन सहित शुभारम्भ गरिएको कार्यक्रमको स्वागत मन्तव्य महिला विभागकी कोषाध्यक्ष दिल मायाँ आले मगरले राखेकी थिईन ।कार्यक्रमको सभाहलमा कतारमा आदिवासी जनजाती महासंघमा आवद्ध रहेका स्थापित विभिन्न मात्रृ संघ-सस्थांका अध्यक्ष तथा महिला प्रतिनिधि साथै मगर संघ शाखा कतारका मातहतमा आवद्ध रहेका एरिया समिती तथा बिभागका प्रतिनिधिहरुको उपस्थिति सहित मन्तव्य रहेको थियो ।

उक्त कार्यक्रममा नेपाल मगर संघ शाखा कतारले संघमा आवद्ध रहेका संघका सल्लाहकार सदस्य रबिन थापा मगर,त्यस्तै निवर्तमान अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार विवेक पुलामी मगर र केन्द्रिय सदस्य तथा नेपाल मगर साँस्कृतिक परिवार कतार को सचिव बिनोद थापा मगर लाई एनसिसी कतारको २३/२५ कार्यकालका लागि विभिन्न पदमा चयन हुनुभएका तिनै जनालाई बधाई दिदै २६ औ स्थापना दिवसको अवसर पारेर बधाई तथा शुभकामना पत्र सहित सम्मान गरेको थियो ।

कार्यक्रममा मगर संघ शाखा कतार र कतारमा स्थापित स्थानिय कलाकार अस्मिता आले मगर, रेखा मगर, सुमी कुमाल, जुनु कुमाल, सुनिता शेर्पा, सबिना मगर, दान बहादुर आले, सुवर्ण सारु, मगर सकुन्तला क्षेत्री, राज कुमार अस्मिता मगर, सुनिता शेर्पा, अमर मगर, ओविन लिम्बू, दिलु राना मगर, कविता मगर, निशा मगर, सरस्वती परियार, ललिता लामा, दीपक एक्चाई मगर, रितु मोते, कलाकारहरुले मगर जातिहरुको परम्परा अनुसार मगर समुदायमा प्रचलित लोक नृत्य कौडा नाच, एकल नृत्य, सामुहिक नृत्य गायन तथा अन्य कलाकारहरुले बेजोड साङ्गितिक प्रस्तुति राखेका थिए ।

मगरहरुको संस्कार अनुसार संघका प्रमुख सल्लाहकार विवेक पुलामी मगर तथा कार्यक्रमका प्रमुख अतिथि देवी कुमारी मगर ज्यू लाई क्रमशः फेटा र पछ्यौरी द्वारा सम्मान गरिएको थियो, प्रमुख अतिथी देवि कुमारी मगरले आफनो मन्तव्य बोल्दै आफुलाई प्रमुख अतिथीको जिम्मेवारी भुमिका दिएकोमा बिभागलाई धन्यवाद ज्ञापन गर्दै मगर गैर मगर सम्पुर्ण महिला दिदीबहिनीहरुलाई संघमा आवद्ध हुन समेत सबैलाई आग्रह गरिन ।

महिला बिभागकी सचिब रविना मगरले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति बिना मगरले कार्यक्रमलाई सफलता पुर्ण सभ्य र भव्य बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नुहुने एरिया, समिती विभाग तथा संघका सम्पुर्ण पदाधिकारीहरुलाई साथै हलमा उपस्थित सम्पुर्णलाई धन्यवाद प्रकट गर्दै कार्यक्रमको समापन गरेकी थिइन् । ‘सम्पूर्ण मगर हरुको एकता अहिलेको आवस्यकता ‘भन्ने मुल नाराका साथ कतारमा सन २००० मा स्थापना भएको संस्थाले विभिन्न सामाजिक कार्यमा सक्रिय रहदै आएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend