logo
  • शनिबार, साउन ३० २०८३

कालिका बचत तथा ऋण सहकारी कपिल आचार्यको अध्यक्षतामा नयां नेतृत्व


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

यमलाल भुसाल, बुटवल असोज ५ ।
कालिका बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनले कपिल आचार्यको अध्यक्षतामा नयां नेतृत्व चयन भएको छ ।

कार्यक्रममा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै सहकारिका अध्यक्ष चित्र बहादुर बर्माले विभिन्न अरोह अबरोहहरुलाइ छिचोल्दै कति पनि बिचल्ती नभइ सहकारीलाई बिस्वस्निय बनाएको बताउनु भयो साथै उहाले हरेक समयमा स्बैको सहयोगले संस्थामा नकारात्मक प्रभाव पार्न नदिएई संस्थलाई अझ बलियो बित्तीय संस्थाको रुपमा स्थापित गर्न सफल भएको बताउनु भयो ।

सहकारीका संस्थापक अध्यक्ष तथा सल्लाहकार लोकराज पोख्रेलले २०६१ सालमा स्थापित सहकारीले राम्रो काम गरेको जिकिर गर्नु भयो । पछिल्लो समय विभिन्न सहकारीमा बिस्वस्नियता घटेको सहकारी प्रतिको दृष्टिकोण फरक रहेको भन्दै उहाले कालिका बचत तथा ऋण सहकारी संस्थाले आफ्नो साखलाइ बचाइ राखेको बताउनु भयो ।

उहाले देशको अर्थतन्त्रमा सहकारीको भुमिका ठूलो रहेको समेत बताउनु भयो । साधारणसभामा विभिन्न संस्थागत प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । त्यस्तै कार्यक्रममा जेष्ठ सेयर सदस्य र उत्कृष्ट कर्मचारिहरुलाइ सम्मान गरिएको थियो । बुटवलमा मुख्य कार्यलय रहेको सहकारीले बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, तिलोत्तमा नगरपालिका र देवदह नगरपालिकामा कार्यक्षेत्र बनाएको छ ।

त्यस्तै अधिबेशनले कपिल आचार्यको अध्यक्षतामा नयां नेतृत्व चयनभएको छ । समितिको उपाध्यक्षमाविमल राज घिमिरे सचिव सुशिल नेपाल कोषाध्यक्ष कमला घिमिरे र सहसचिव अर्जुन बहादुर कुवर निर्वाचित हुनु भएको छ ।

त्यस्तै सदस्यमा लोक कुमारस् सारु, माधव प्रसाद ज्ञवाली, रामराज लामिछाने, रमेश कार्की लिलाधर खनाल, ऋषिकेश भण्डारी लक्ष्मीदेविकार्की र पार्वती केसी चयन हुनु भएको छ । लेखा समितिको संयोजकमा लक्ष्मी नारायण मरासिनी र सदस्यमा गंगा कार्की र लक्ष्मण अर्याल चयन हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend