साझा नेटवर्क
दर्शन सुनार, कतार असोज ५ ।
कतारमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारको आयोजना तथा मोना कतार वहुउद्देश्यीय अक्षयकोष र नेपाली रक्तदाता संघ कतारको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
शुक्रबार कतारको अलसाद स्थित हमाद हस्पिटलको ब्लड डोनर सेन्टरमा आयोजित रक्तदान कार्यक्रममा २०५ जनाको उपस्थिति रहेको थियो । ८३ जनाले रक्तदानको लागि रजिष्ट्रेशन गरेका थिए । जस मध्य ६४ जनाले रक्तदान गर्न सफल भएको र १९ जनाले रक्तदान गर्न बञ्चित भएको अक्षयकोषका अध्यक्ष बिक्रम कार्कीले साझा नेटवर्कलाई जानकारी दिए ।
कार्यक्रममा कतारमा स्थापित विभिन्न सामाजिक तथा वैचारिक संघ-सस्थाहरु, जिल्ला संस्थाहरु विभिन्न जातिय संस्थाहरु वुद्धिजिवी,समाजसेवी, पत्रकार तथा सर्वसाधारणको उल्लेख्य उपस्तिथि रहेको थियो ।
संघले रक्तदान जस्तो पुण्य कार्यमा सहभागी हुदै उपस्थित भएर रक्तदान गरी कार्यक्रमलाई सभ्य र भव्य बनाइदिनु हुने सम्पुर्ण रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै सम्मान पत्र समेत प्रदान गरेको थियो । रक्तदान कार्यक्रम बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चलेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend