logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा मनाईयो संविधान दिवस


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दर्शन सुनार, कतार असोज ४ ।
नेपाली राजदूतावास कतारले संविधान दिवस तथा राष्ट्रिय दिवस समारोह २०८० भव्य रुपमा सम्पन्न गरेको छ । नेपाली दूतावास कतारले बुधबार साझ एक कार्यक्रमको आयोजना गर्दै संविधान दिवसको अवसर पारेर समारोह सम्पन्न गरेको हो ।

नेपाली राजदूतावास कतारका महामहिम डा. नरेश बिक्रम ढकालको सभापतित्वको समारोहमा दूतावास परिवार साथै आईसिसी, एनसिसीका विभिन्न ओहोदाका पदाधिकारीहरु व्यवसायी तथा कतारमा स्थापित प्रदेश समन्वय परिषद विभिन्न जिल्ला सस्थांका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । सभापति डा. नरेश बिक्रम ढकालले राष्ट्रिय दिवसको अवसर पारेर विधिवत रुपमा झन्डोलोत्तन गर्दै दिप प्रज्जवलन तथा केक काटेर औपचारिक कार्यक्रमको समुद्धाटन गरेका थिए ।

विधिवत उद्घाटन सहित अघि बढेको समारोहमा राजदूतावासका प्रथम सचिव कृष्ण कुमार सुवेदीले उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्य बोल्दै लामो समयसम्म नेपाली जनताले क्रान्ति मार्फत जनयुद्ध मार्फत नेपालको राज्य सत्ताको परिवर्तनका लागी नेपाली जनताले निकै महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए । लोकतन्त्र र संविधानको बारेमा प्रष्ट पार्दै नेपाल बहु संस्कृति,बहु भाषी, बहु धार्मिक हाम्रो देश नेपालको लामो समयको परिकल्पनालाई हामीले अझै समृद्ध नेपाल बनाउन हामीले अझै जोड दिन प्रने बताए ।

नेपाली राजदूतावासले यसै वर्षदेखि राष्ट्रिय दिवसको विशेष अवसरमा दूतावासले लगनशिलता उत्कृष्ट कार्य सम्पादन गर्ने उत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने निर्णय गरेको थियो । राष्ट्रिय दिवसको अवसरमा यस बर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी नेपाली दूतावासका जनसम्पर्क अधिकृत इल्ताज मिघरानीलाई चयन गर्दै दूतावासले प्रशंसापत्र र नगद पुरुस्कार प्रदान गर्दै सम्मान गरेको थियो ।

सभापति ढकालले समारोहको सम्बोधन गर्दै राज्यले संविधान प्राप्त गरेको नवौ राष्ट्रिय दिवस समारोहमा नेपाली जनताको लामो संघर्ष र बलिदानबाट ऎतिहासिक गणतन्त्र सहितको संविधानको लागि देश र जनताको लागी बलिदान दिने सहिद र नेपाली जनतालाई स्मरण गर्दै नेपालको संविधान ऎन कानुन र अन्तर्राष्ट्रिय सन्धी सम्झौता अनुसार दुई देशको बिचमा स्थापित भएका सम्बन्धलाई नयाँ उचाई दिने काम र नेपाल र नेपालीको हितका लागि नेपाल र कतारको बिचमा डेप्लपमेन्ट पाटनरको रुपमा आफु अगाडी बढेको बताए ।

दुई देशको सम्बन्धलाई कायम बनाउन दूतावासको तर्फबाट दुई देशको बिचको ४६ औ बर्षको सम्बन्धलाई नयाँ उचाई दिन आफु सदैब तप्पर रहेको बताउदै प्रवासमा रहेका नेपालीहरुको यात्रामा दूतावास सधै साथै रहने बताउदै उपस्थित सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend