साझा नेटवर्क
दर्शन सुनार, कतार भदौ ३०।
नेपाली महिला समाज कतारले “रमाइलो तिज तथा विविध सांस्कृतिक कार्यक्रम” भव्य रुपमा सम्पन्न गरेको छ । समाजले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै नेपाली महिला समाज कतार र एनआरएन ए एनसिसी कतार महिला विभागको समन्वय तथा कतारमा स्थापित सङ्घसंस्थाहरूको संयुक्त आयोजनामा सचेतना तथा विविध सांस्कृतिक कार्यक्रम २०२३ सम्पन्न गरेको हो ।
समाजकी अध्यक्ष सरिता भन्डारीको सभापतित्व तथा नेपाली राजदूतावास कतारका कार्यवाहक राजदूत कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा एनसिसी कतारका अध्यक्ष रमेश भट्ट,आईसीसी उपाध्यक्ष आरके शर्मा, मानवअधिकारकर्मी मोहम्मद रमजान अलि मिया, लगायत कतारमा स्थापित आईसीसी, एनसिसीका विभिन्न ओहोदाका पदाधिकारीहरू व्यवसायी, वैचारिक संगठन, प्रदेश समन्वय परिषद समिति जातीय संस्था, विभिन्न जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधि पत्रकार कलाकारहरू तथा महिला दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो । विधिवत उद्घाटन सहित अघि बढेको कार्यक्रममा एनआरएनए एनसिसी कतारकी महिला संयोजक सुस्मा खतिवडाको स्वागत मन्तव्य सँगै स्थानीय बाल कलाकारहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा लोक तथा दोहोरी गित प्रतिष्ठान शाखा कतार र कतारमा स्थापित स्थानीय कलाकारिता बाल कलाकार आरोही थापा, प्रज्ञा निउरे, दिया सिहं र सम्वद्ध रेस्मी विश्वकर्मा, सिर्जना गुरुङ, संगीता गहतराज, मधु चौधरी, रचना तामाङ, निरमाया सिङ्ताङ, अस्मिता आले मगर, कमला गुरुङ, दिज्ञा सिहं, प्रतिक्षा निउरे, रिया तामाङ, बाबु कौसल, शान्ती वली, श्रृष्टी लामा, सिमरन श्रेष्ट, गुना मगर, रबिन महर्जन, यमुना पटेल (थाली नाच), रञ्जना गुरुङ, सुष्मा तामाङ, रेजीना गुरुङ्, दीपक मगर, ललिता, रिया तामाङ, क्षितिज किरण गैर्हे, रितुकाली थापा, लोकेन्द्र दुतराज, सुरेस बिसी, प्रताप मुस्कान, जिया हमाल, कृजल पन्थी, सन्देश सोनी, झुमा परियार, रेस्मा प्याकुरेल, आरुषी थापा, बार्बी खड्का, दिक्षा लामिछाने, आरजु राई, तारा थिङ, मेनुका खतिवडा, खुसी कार्की, अन्जु परियार, सन्दिपा राई, चन्द्रमाया मगर, अनु चौधरी, कलाकारहरूले स्वागत नृत्य, सामूहिक गायन, युगल नृत्य, एकल नृत्य, सामुहिक नृत्य, थाली नाच लगायत अन्य कलाकारहरूले कार्यक्रममा बेजोड साङ्गतिक प्रस्तुति राखेका थिए ।
सचेतना कार्यक्रम अन्तर्गत कतार सरकार गृह मन्त्रालय सामुदायिक प्रहरी विभाग (कम्युनिटी पुलिस डिपार्टमेन्ट)का भाषा विज्ञ एवं समुदाय संयोजक डाक्टर बहाउद्दीन अहमदले कतारको बदलिदो ट्राफिक नियम र स्थितिका बारेमा सचेत गराउँदै सवारी साधन चलॉउदा ध्यान दिन आग्रह गरेका थिए । उनले तपॉईहरुको परिवार तपॉईकै पर्खाईमा रहेको बतॉउदै सदैव संयमित हुन आग्रह गरे । साथै कतारमा कुनैपनि समस्या परे पारिवारिक विवाद एवं समस्या परे कम्युनिटी पुलिस सहयोगको निम्ति सदैव तयार रहेको बताए ।
गृह मन्त्रालय अन्तर्गतको जनसम्पर्क विभागका सचेतना प्रमुख तथा संयोजक फैसल अल हुदावीले नेपाली समुदायको प्रशंसा गर्दै लामो समयदेखि मन्त्रालय र नेपाल समाजले एक अर्काको साथ पाएकोमा खुशी व्यक्त गरे । कतारको पछिल्लो ट्राफिक व्यवस्था बारे बताउँदै सवारीसाधन चलाउँदा सिट बेल्टको प्रयोग अनिवार्य रहेको र यसको उलङ्घन गरेमा हालको निम्ति पाँच सय जरिवाना र आगामी दिनमा यसमा वृद्धि हुनसक्ने बताए । यसैगरी सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग अत्यन्तै घातक र ज्यानको जोखिम रहेको हुनाले यस नियमको खिलाफवर्जी (उलङ्घन) गरेमा कतारी रियाल १००० देखि ३००० हजारसम्म जरिवाना र रातोबत्ती पारगरी दुर्घटना हुनगएमा अझै जरिवाना बढ्ने र लामो समय कारावास हुन सक्ने जानकारी दिए ।
कार्यक्रममा सामाजिक अभियन्ता विश्वराज नेपालले सामाजिक सुरक्षा कोषको बारेमा प्रष्ट पारेका थिए । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको बारेमा बताउँदै सबैलाई सामाजिक सुरक्षा कोषमा जोडिन आग्रह गरेका थिए । एनसिसी अध्यक्ष रमेश भट्टले बोल्दै कर्मभूमि कतारको कानुनको अज्ञानताका कारण सानासाना गल्तीले नेपालीहरू समस्यामा पर्ने देखिएकाले एनसिसी कतारले कतार सरकारले लागू गरेका विभिन्न नियम कानुन सङ्गै प्रवासमा रहेका नेपालीहरूका लागि जानकारी मूलक कार्यक्रम ल्याउने बताए । प्रवासमा रहेरपनि नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने संरक्षण गर्दै यसलाई बचाई राख्न सबैलाई आग्रह गर्दै कतारमा कार्यरत सम्पूर्ण दिदीबहिनीलाई नेपाली नारीहरूको महान पर्व हरितालिका तिजको शुभकामना व्यक्त गरे ।
प्रमुख अतिथि कार्यवाहक राजदूत सुवेदीले आफ्नो शुभकामना मन्तव्य बोल्दै आम नेपालीहरुको हक र हितमा आम नेपालीहरूको समुन्नतिमा र कतारमा कार्यरत सम्पुर्ण दाजु भाई तथा दिदीबहिनीको साथमा नेपाली राजदूतावास परिवार र आफू सँगै सदैव उभिने बताउँदै कतारमा रहेका सम्पूर्ण आमा, दिदीबहिनी तथा दाजुभाइलाई तिजको शुभकामना व्यक्त गर्दै हलमा उपस्थित सम्पूर्णलाई धन्यवाद प्रकट गरेका थिए ।
कार्यक्रमको समापन गर्दै सभापति पौडेलले कार्यक्रममा उपस्थित भएर कार्यक्रमलाई सभ्य र भव्य बनाउनु हुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ, एनसिसी महिला विभाग, सह आयोजक सम्पुर्ण संघ-सस्थांलाई धन्यवाद प्रकट गर्दै हिन्दु नारीहरुको महानपर्व हरितालिका तिजको शुभकामना व्यक्त गर्दै कार्यक्रमको समापन गरेकी थिईन । कतारमा स्थापित विभिन्न ५७ वटा संघसंस्था सह-आयोजक रहेको कार्यक्रमलाई समाजकी सचिव सन्ध्या अर्याल र मेनुका खतिवडाले सहजीकरण गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend