logo
  • शुक्रबार, असोज ९ २०८३

च्याउ टिप्न गएकी महिलाको गैँडाको आक्रमणबाट मृत्यु


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,काठमान्डू भदौ २९ ।

बर्दियामा गैँडाको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएको अवस्थामा गैँडाले आक्रमण गर्दा निकुञ्जअन्तर्गत पर्ने बेलडाँडी गाउँपालिका-२ को गुन्डी टोल निवासी ४२ वर्षीया बेलमती बुढाको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए ।

च्याउ टिप्न गएकी बेलमतीलाई गैँडाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । मृतक बुढासँगै गएका अन्य दुई जना महिलाले भने रुख चढेर ज्यान जोगाएका छन् । शुक्रबार बिहान गस्तीमा गएको नेपाली सेनाको टोलीले उक्त महिलाको शव फेला पारेको हो ।

सेनाले सँगै च्याउ टिप्न गएका दुई जनालाई रुखमा उक्लिएको अवस्थामा फेला पारेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend