logo
  • शुक्रबार, असोज ९ २०८३

शिक्षा विधेयकको विरोधमा शिक्षक महासंघद्धारा सडक आन्दोलनको घोषणा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,काठमांडु भाद्र २९ ।

शिक्षक महासंघले शिक्षा विधेयकको विरुद्ध आन्दोलनको घोषणा गरेको छ । नेपाल शिक्षक महासंघ र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच भएको सहमति तथा शिक्षक कर्मचारीका माग र हकहितको प्रतिकूल हुनेगरी विधेयक आएको महासंघकी अध्यक्ष कमला तुलाधरले बताइन् ।

‘विधेयकले स्थायी, अस्थायीरकरार, राहत, साविक उमावि, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार र संस्थागत विद्यालयका शिक्षकलगायत सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीका मूलभूत मुद्दालाई सम्बोधन गर्न सकेको छैन भने अर्कोतिर सविधानप्रदत्त ट्रेड युनियन अधिकारमाथि पनि अंकुश लगाउन खोजेको छ,’ उनले भनिन् ।

शिक्षक-कर्मचारीको पेसागत सम्मान र सुरक्षामा समेत गम्भीर संकट ल्याउने उनले बताइन् । बाध्य भएर सडक अन्दोलनमा जानु परेको उनको भनाइ छ । शिक्षा मन्त्रालयले बुधबार संसदमा विधेयक दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend