साझा नेटवर्क
कमल पौडेल, बागलुङ भदौ २४ ।
खार माध्यमिक विद्यालय बडिगाड गाउँपालिका ५ खार बजारमा एक कार्यक्रमका विच छात्रवृत्ति वितरण गरिएको छ । नेपाल सरकारबाट नियमित प्राप्त हुने छात्रवृत्ति १ सय ३० जना तथा अक्षयकोषको तर्फबाट ६० जना विद्यार्थीहरुलाई छात्रवृत्ति साथै विद्यालय पोसाक र स्टेसनरी सामाग्रि वितरण गरिएको विद्यालयले जनाएको छ।

छात्रवृत्ति कार्यक्रममा बडिगाड गाउँपालिका वडा नं. ५ का अध्यक्ष विष्णु प्रसाद आचार्यले विद्यालयको गुणस्तर वृद्धिको लागि वडाको तर्फवाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। कार्यक्रममा धर्मराज स्मृति अक्षयकोषको तर्फवाट रमेश घिमिरे, थानेश्वर स्मृति अक्षयकोषको तर्फवाट कलाधर घिमिरे, पूर्व विद्यालय व्यावस्थापन समितिका अध्यक्ष ध्रुव बहादुर घिमिरे लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक यज्ञदत्त घिमिरेले विद्यालयको प्रगति तथा गतिविधिको विषयमा जानकारी दिनुभएको थियो । आजकै कार्यक्रममा थानेश्वर स्मृति अक्षयकोषमा रकम थप भएको छ । सो कोषका संरक्षक कलाधर घिमिरेले २०६६ सालमा स्थापना गरेको १० हजारको अक्षयकोषमा ५० हजार थप गरि ६० हजार पुर्याउनु भएको छ ।
वडा अध्यक्ष विष्णु प्रसाद आचार्यले पनि विद्यालयको अक्षयकोषमा २५ हजार ५ सय ५५ रुपैयाँ जम्मा गर्नुभएको छ । सो कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए । कार्यक्रममै अक्षयकोषदाताहरुलाई सम्मान तथा विद्यालयमा सरुवाभई आउनुभएका तथा नवप्रवेशि शिक्षकहरुलाई स्वागत गरिएको थियो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर घिमिरेको अध्यक्षता, शिक्षक डुल बहादुर कुँवरको स्वागत मन्तव्य तथा शिक्षक झम सेरबुजाको संचालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend