logo
  • शनिबार, भाद्र २० २०८३

मेराकी ब्युटी सैलुनद्वारा चेलिबेटी भेटघाट तथा दरखाने कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

दर्शन सुनार, कतार भदौ २० ।
नारीहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा स्वदेश तथा विदेशमा रहेका चेलीबेटीहरुले जम्मा भएर तीजका भाकाहरु गाउने र नाच्ने क्रम बढीरहेको छ । यसै अवसरमा मेराकी ब्युटी सैलुनले पनि चेलिबेटी भेटघाट तथा दरखाने कार्यक्रम सप्पन्न गरेको छ । मङलबार साझं एक कार्यक्रमको आयोजना गर्दै सम्पन्न गरेको हो ।

कार्यक्रममा मेराकी ब्युटी पालरमा कार्यरत सम्पुर्ण दिदीबहिनी सङ्गै समाजसेवी रोज थापा, एन्जिला कार्की लगायत अन्य दिदीबहिनीहरुको उपस्थिति रहेको थियो । सैलुनकी सन्चालक नानु तामाङले आफ्ना ग्राहक तथा सैलुनमा कार्यरत दिदीबहिनी एवं चेलीबेटीलाई निमन्त्रणा गरेर भेटघाट तथा दरखाने कार्यक्रम आयोजना गरेको जानकारी दिईन ।

कार्यक्रममा तिज नजिकिदै गर्दा परदेशमै भएपनी दिदीबहिनीहरु सङ्ग भेटघाट तथा खानपिन गरेर मनलाई आत्मसन्तुष्टि राखेको बताउदै कतारमा रहनेहुने सबै दिदीबहिनीहरुलाई एकपटक मेराकी ब्युटी सैलुनमा भिजिट गरिदिन समेत आग्रह गरेकी छिन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend