साझा नेटवर्क
कमल पौडेल, बागलुङ भदौ २० ।
बडिगाड गाउँपालिकाको आयोजनामा प्रारम्भिक बालविकास सहजकर्ताहरुका लागि ३ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । गाउँपालिका भित्रका ७६ जना सहजकर्ताको लागि तालिम सञ्चालन गरिएको शिक्षा अधिकृत पुर्ण बहादुर घर्तिले जानकारी दिनु भएको छ ।
सो तालिममा सकारात्मक सोचको विकास, कार्यप्रतिको उत्प्रेरण तथा सिकाई सहजिकरणमा गर्न सकिने उपाय र कला तथा शैक्षिक सामाग्रि निर्माणको विषयमा सहजिकरण गरिएको थियो। सो तालिमको SAAV Nepal का डा. तुल्सीराम खनाल र कालिका सापकोटाले सहजिकरण गर्नुभएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend