साझा नेटवर्क
रञ्जित चौरसिया, वीरगंज भदौ २० ।
वीरगंजको रानीघाट जिल्ला प्रशासन कार्यालय नजिक रहेका न्यु राज होजियारीले वीरगंजका करिब ७५ प्रतिशत विद्यालय र कलेजहरुको टाई, बेल्ट, आईकार्ड, होलोग्राम, टिसर्ट, स्विटर, कोर्ट लगायतका युनिफर्महरु बनाउने गरेको छ ।
विद्यालय र कलेजहरुलाई मोटो रकम कमिशन दिएर आफ्ना फर्ममा काम लिदै गरिरहेको स्रोतको भनाई रहेको छ । उनी कारोबार गर्दा नेपाल सरकारको करोडौं करोड राजस्व छल्ने गरेको बताईन्छ ।
उनको राजस्व छली कार्य “दिन दु गुना रात चौगुना” भईरहे पनि आन्तरिक राजस्व कार्यालय पर्सा, राजस्व अनुसन्धान कार्यालय पथलैया लगायतका नियमनकारी निकायले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउदां राज होजियारी जस्तै खुलेका अन्य फर्महरु दांतले औला टोक्न बाध्य भएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend