मुसिकोट नगरपालिका वडा न.६ कुर्घा नि.मा.वि. मा आज दिउसो ३ बजेको समयमा चट्याङ लागेर ६ जना विद्यार्थी घाईते भएका छन । घाईते मध्ये ४ जना विद्यार्थीलाई पाल्पा मिसनमा थप उपचारको लागि पठाईएको कुर्घा स्वास्थ्य चौकी कि इन्चार्ज ममता श्रीसले जानकारी गराउनु भएको छ ।