साझा नेटवर्क
रन्जित चौरसिया, वीरगंज भदौ १७।
ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीद्वारा लागू औषध चरेस सहित एक ब्यक्तिलाई पक्राउ गरेको प्रहरी निरीक्षक राजा राम केशरीले बताए।
पर्साको जगरनाथपुर गाउँपालिका वडा न. ४ मथुरा चोकमा शुक्रबार राती १०:५५ को समयमा पैदल जादै गरेको अवस्थामा जगरनाथपुर गाउँपालिका वडा नं. ४ कदमिया टोल निवासी वर्ष ५० को चन्द्रिका मुखियालाई चेकजाँच गर्ने क्रममा निजले बोकेको पहेलो रंगको प्लाष्टिकको बोराभित्रबाट काटुन टेपले बेरेको लागू औषध चरेस २० पोका बरामद भएको र सोको तौल गर्दा १० के.जी. १९० ग्राम रहेको केशरीले बताए।
सो बरामद भएको लागू औषध चरेससहित मुखियालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख प्रहरी निरीक्षक राजा राम केशरीले बताए।
त्यस्तै शुक्रबार बिहान इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको गस्ती टोलीले पर्सागढी नगरपालिका वडा नं.१ बडेरुवा स्थित जितपुर बाट मनवा तर्फ जादै गरेको प्रदेश न. २-०३-००१ ह २७२ नं. को अटो रिक्सालाई रोकी चेकजाँच गर्ने क्रममा अटोको पछाडि लुकाई छिपाई ल्याएको ५ किलो लागु औषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला मकवानपुर सुनाचुरी गाउँपालिका वडा नं.६ बस्ने बर्ष ३८ को चन्द्रमान प्रजालाई लागु औषध गाँजा सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend