logo
  • शनिबार, साउन ३० २०८३

जयजय कोटेश्वर समुहको “जपौँ हरी राम” सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कमल पौडेल, बागलुङ भदौ १६ ।
जयजय कोटेश्वर समुहको दोस्रो प्रस्तुती लोक भजन “जपौँ हरी राम” सार्वजनिक भएको छ। प्रकृतिको देन लुकेको ठाउँ कोटेश्वर तपोभूमि धामलाई विश्वभर चिनाउने उद्धेश्य सहित “जपौँ हरी राम” तयार गरिएको जयजय कोटेश्वर समुहका किरण खरेलले जानकारी दिनुभएको छ।

ओम सेन्चुरी, महेन्द्र भण्डारी र पुजा देवकोटाको स्वर हेमनाथ खरालको लय र शब्द रहेको भजनको एरेन्ज महेन्द्र भण्डारीले गर्नुभएको छ।

रबिलाल पौडेल र देविराम घिमिरेको निर्देशन रहेको सो भजनमा समिक्ष भट्टराई, विनिता परियार, दुर्गा काफ्ले, मुकुन्द सुवेदी र सन्देश भट्राई लगाएतको मोडलिङ रहेको छ।

रेकर्डिष्टमा सागर बाजुराली र गोबिन्द पराजुली रहनुभएको छ भने मालश्री स्टुडियोमा रेकर्डिङ भएको भजन ओम सेन्चुरी युट्युव च्यानलबाट सार्वजनिक भएको छ।

गुल्मीको आँपचौरमा रहेको कोटेश्वर र त्यहाँ रहेका धार्मिक क्षेत्रको प्रचार प्रसार गर्न जयजय कोटेश्वर समुहले भजन रेकर्डिङ सहित अन्य कार्यहरु पनि गर्दै आएको छ। सो समुहले धर्म संस्कृति, मठमन्दिर, पाटिपौवा तथा रितिरिवाजको जगेर्ना गर्न विभिन्न सामाजिक कार्यहरुपनि गरेको छ।

कोटेश्वर धाम जाने स्थानमा पक्कि पुल निर्माणका साथै मन्दिर संरक्षणमा समेत लगानी गरेको समुहले सो क्षेत्रको प्रचारका लागि भिडियोहरु निर्माण, रेडियो कार्यक्रम उत्पादन लगाएतका कार्य गर्दै आएको छ। जयजय कोटेश्वर समुहले गत वर्ष पनि भजन संग्रह सार्वजनिक गरेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend