साझा नेटवर्क
रञ्जित चौरसिया, वीरगंज भदौ ९ ।
नेपाली कांग्रेसको “मधेश प्रदेश तथा स्थानीय निकाय विभाग”को सदस्यमा पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिकाका सभापति समेत रहेका युवा नेता विवेक चौरसिया मनोनित भएका छन् ।
कांग्रेसको विधान २०१७ को धारा ११ को (ख) बमोजिम पार्टी प्रदेश सदस्य जीवनाथ चौधरी प्रमुख रहनुभएको मधेश प्रदेश तथा स्थानीय निकाय विभागको सदस्यमा युवा नेता चौरसिया सहित २२ जनालाई मनोनित गरेका छन् ।
पार्टी मधेश प्रदेश समितिका सचिव सन्तु प्रसाद यादवद्धारा जारी प्रेस विज्ञप्ति चौरसिया सहित पर्सा जिल्लाबाट विजय कुमार सर्राफ, नेहा मिश्र लगायत रहेका छन् । पार्टीले मनोनित गरेकोमा चौरसियाले खुसी व्यक्त गर्दै आफुलाई पाएको जिम्मेवारीलाई इमान्दारीता पूर्वक निर्वाह गर्ने बताए ।
पार्टीले आफ्नो योगदानको उच्च मुल्यांकन गरेकोमा पार्टी प्रति आभार प्रकट गर्दै नेता चौरसियाले पार्टीको विधान, नियमावली र निर्देशनलाई इमानदारीतापूर्वक पालना गर्ने बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend