logo
  • शुक्रबार, असोज ९ २०८३

सरसफाई सम्बन्धी अन्तरक्रिया सम्पन्न, ५ बुँदे निष्कर्ष कार्यान्वयन गरिने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बागलुङ भदौ ९ ।
नेपाल रेडक्रस सोसाईटि उपशाखा दगातुन्डाडाले सनिवार खर्वाङमा सरसफाई सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। सो कार्यक्रमको उद्घाटन गर्दै बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेत नारायण भण्डारीले फोहर व्यवस्थापन चुनौती रहेको बताउनु भएको छ।
फोहर व्यवस्थापनको लागि बडिगाड गाउँपालिका लागिरहेको तर पूर्ण कार्यान्वयनमा पुग्न नसकेको भन्दै भण्डारीले नागरिकको सहभागितामा मात्रै फोहर पूर्णरुपमा व्यवस्थापन गर्न सकिने बताउनु भएको छ।
नागरिक जागरुक हुने हो भने सार्वजनिक शौचालय निर्माण गर्न तथा फोहर व्यवस्थापनमा समस्या नहुने भन्दै प्रमुख प्रशासकिय अधिकृत भण्डारीले उपयुक्त स्थान खोज्न आग्रह समेत गर्नुभएको छ । प्रमुख भण्डारीले रेडक्रस संग मिलेर विपद् व्यवस्थापन कोषलाई प्रयोग गर्न तयार रहेको भन्दै समन्वयको लागि आह्वान गर्नुभएको छ।
कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका पूर्व उपप्रमुख एवं रेडक्रसकर्मि विष्णु प्रसाद भुसाल, वडा नं. २ का अध्यक्ष ढाल प्रसाद शेरचन, त्रिभुवन नमुना माविका प्रधानाध्यापक ढालमणि भण्डारी, रेडियो सारथीका स्टेशन म्यानेजर कमल पौडेल, मिलन व्यवसायीक कृषि सहकारी संस्थाका अध्यक्ष दिन बहादुर केसि लगाएतले फोहर व्यवस्थापनको असर, तथा समाधानका उपायहरु सुझाउनुभएको थियो।

कार्यक्रममा चण्डीस्थान प्राविका प्रअ खगि शेरचन, रेमलिटोला प्राविका प्रअ बाबुराम भुसाल, सरस्वती प्राविका प्रअ यादुलाल खरेल, सामुदायीक बन उपभोक्ता महासंघ बडिगाडका अध्यक्ष मेघनाथ खरेल, होटल व्यवसायी संघको कोषाध्यक्ष लाल बहादुर केसि, लेकवेसि कृषि तथा पशुपालन सहकारीका गोकुल गिरि, मिलिजुली समुहका अध्यक्ष जिवलाल भुसाल, संगम आमा समुहका कमला केसि, महिला स्वास्थ्य स्वयंसेविका कृष्ण कुमारी राना, जुनियर रेडक्रस सर्कल त्रिभुवन माविका अध्यक्ष मिलन राना, व्यवसायी गायत्रि अधिकारी, शेर बहादुर श्रीस, चित्र बहादुर पुन, सुप्रिया भण्डारी लगाएतले समस्याको उठान गर्नुभएको थियो।

सो भेला तथा अन्तरक्रियाले ५ बुँदे निष्कर्ष समेत निकालेको छ। जसअनुसार प्रत्येक घरले कुहिने र नकुहिने फोहर छुट्याउने, नकुहिने फोहरलाई व्यवस्थापन गर्न वडाको समन्वयमा गाउँपालिकाबाट भौतिक संरचना तयार गर्ने, सवारी साधन जन्य फोहर व्यवस्थापनको लागि ट्राफिक प्रहरी सक्रिय हुने, होटलहरुबाट उत्सर्जन हुने तथा अन्य सिसा व्यवस्थापनको लागि गाउँपालिकाले समन्वय गर्ने, प्रत्येक नागरिक स्वास्थ्य प्रति सजक रहँदै हरेक हप्ता आफ्नो टोल क्षेत्रमा सरसफाई अभियान चलाउने निर्णय भएको अध्यक्ष खगिश्वर अर्यालले जानकारी दिनुभएको छ।

जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि, व्यवसायी, प्रहरी, पत्रकार लगाएतको सहभागिता रहेको कार्यक्रम नेपाल रेडक्रस सोसाईटि दगातुन्डाडा उपशाखाका सभापति खगिश्वर अर्यालको अध्यक्षता, उपसभापति डिप्लोमा खरेलको स्वागत मन्तव्य तथा सदस्य जिव बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend