logo
  • शुक्रबार, असोज ९ २०८३

नवलपरासीमा ४ लाख बढिको अवैध सामान प्रहरीद्वारा नियन्त्रण


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सहबान अन्सारी, नवलपरासी साउन ३१ ।
नवलपरासीमा ४ लाख ६८ हजार २ सय मुल्य बराबरको अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार प्रतापपुर गाउँपालिका वडा नं. ५ बैदौली बस्ने ईन्द्रजित यादवको घरमा भन्सार छली ल्याएको अवैध मालसामानहरु लुकाई-छिपाई राखेको अवस्थामा फेला पारेको हो ।

भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलाटारीबाट प्रहरी निरिक्षक श्याम प्रकाश यादवको कमाण्डमा १५ जनाको प्रहरी टोली, बोर्डर आउट पोष्ट गुठी परसौनीका शसस्त्र प्रहरी निरिक्षक सन्तोष सापकोटाको कमाण्डमा खटिएको टोली र राजस्व अनुसन्धान बिभाग बुटवल रुपन्देहीबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

यादवको घरमा खानतलासी गर्दा डटपेष्ट (दाँत माझ्ने डावर मन्जन ६९ कार्टुन, गोलो एण्ड लब्लि १२ कार्टुन र सानो कालो मटर ६३ बोरा अवैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ।

उक्त सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजस्व अनुसन्धान बिभाग बुटवल पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend