साझा नेटवर्क
म्याग्दी, साउन २८।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी करिडाेरको बेनी–जोमसोम–कोरला सडक खण्ड आजदेखि पाँच दिनका लागि पूर्णरुपमा बन्द भएकाे छ ।
रघुगङ्गा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कङ्क्रिट गरी सकिएको ठाउँमा माथिबाट पहिरो जाने क्रम शुरु भएकाले सडक बन्द गरिएकाे हाे। आज आइतवारदेखि साउन ३२ गते बिहीवारसम्म पाँच दिनका लागि सडक खण्ड पूर्णरुपमा बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले म्याग्दीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले कालीगण्डकी करिडोरको चमेरे–बेगखोला सडक खण्डमा चल्ने साना गाडीलाई याे समयमा चमेरे–राखु/पिप्लेबेगखोला सडक खण्डको वैकल्पिक कच्ची मार्ग प्रयोग गर्न समेत अनुरोध गरेको छ ।
बैसरी खण्डको विकल्पमा जीप, मोटरसाइकल र ट्र्याक्टरलाई घुमाउनेताल–पिप्ले–रानीपौवा–रिसिनचौतारी–माझखर्क–बेगखोला जोड्ने वैकल्पिक सडक एकतर्फीरुपमा प्रयोग गर्ने व्यवस्था मिलाइएको प्रशासनले जारी गरेकाे सूचनामा उल्लेख छ ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend