साझा नेटवर्क
दर्शन सुनार, कतार साउन २७ ।
विस्वकर्मा समाज कतारको पाचौं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शुक्रबार सेवक विस्वकर्माको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पिताम्बर बिश्वकर्मा, उपाध्यक्षमा दिपक विश्वकर्मा, महिला उपाध्यक्षमा गिता बिक, महासचिवमा अर्जुन घिमिरे विश्वकर्मा, सचीवमा सागर कुमार बिक (तिरुवा) चयन भएका छन ।
त्यस्तै कार्यसमिती सदस्यमा गिता बिक, रेश्मा बिक, रितु काली थापा, अनिता बिक अर्जुन कुमार बिक, कृष्ण दर्लामी, देव घिमिरे विश्वकर्मा, सल बहादुर बिक, तारा बिक, निर्विरोध चयन भएका छन । त्यस्तै प्रदेश संयोजकहरुमा लोक बहादुर बिक (कोशी प्रदेश) जग बहादुर बिक (गण्डकी प्रदेश) दिनेश बिक (कणाली प्रदेश) चयन भएका छन ।
समाजका अध्यक्ष प्रेम कुमार बिस्वकर्माको सभापतित्व तथा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कतारमा स्थापित वैचारिक सङ्गंठन प्रदेश परिषद विभिन्न जिल्लाका अध्यक्ष तथा प्रतिनिधि कलाकार पत्रकारहरुको उपस्थिति सहित मन्तव्य रहेको थियो ।
अधिवेशन सम्पन्न कार्यक्रममा प्रमुख अतिथी भट्टले बर्तमान कार्यसमितीका सम्पुर्ण पदाधिकारीहरुलाई धन्यवाद प्रकट गर्दै अब आउने नयाँ बन्ने कार्यसमिती सङ्ग गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार सदैव हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता गर्दै आफना भनाई राखेका थिए ।
कार्यक्रममा स्थानीय कलाकारहरुको विभिन्न जोडदार सांस्कृतिक प्रस्तुति रहेको थियो । सोही अवसरमा समाजका बिशिस्ट व्यक्तित्वहरु एंव कलाकारहरुलाई सम्मान-पत्रद्वारा सम्मान गरिएको थियो ।
सभापति विस्वकर्माले आफ्नो कार्यकाल सफल बनाउन आर्थिक, नैतिक भौतिक साथ सहयोग गर्ने सम्पुर्णलाई आभार प्रकट गर्दै सभाहलमा उपस्थित सम्पुर्णलाई धन्यवाद प्रकट गर्दै खुल्ला सत्रको समापन गरेका थिए । समाजका वरिष्ठ उपाध्यक्ष प्रेम रसाईलीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण समाजका सचिव अमित विस्वकर्माले गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend