साझा नेटवर्क
कमल पौडेल, बागलुङ साउन २६ ।
त्रिभुवन नमुना माध्यमिक विद्यालय बडिगाड गाउँपालिका वडा नं. २, खर्वाङमा शुक्रवार एक कार्यक्रमका विच प्रथम त्रैमासिक परीक्षा २०८० को नतिजा प्रकाशन गरिएको छ । नेपाली माध्ययम तर्फको कक्षा ४ देखि कक्षा १० सम्मको नतिजा प्रकाशन कार्यक्रममा प्रत्येक कक्षामा प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
सो कार्यक्रममा प्रधानाध्यापक ढालमणि भण्डारीले अभिभावक, विद्यार्थी र शिक्षकको त्रिपक्षिय सम्बन्ध तथा विद्यालय व्यवस्थापन समितिको समन्वयबाट विद्यालय अगाडि बढेको भन्दै सवैको सहयोगको खाँचो आँल्याउनु भएको थियो । प्रधानाध्यापक भण्डारीले यस वर्ष बागलुङ क्षेत्र नं. २ मध्येबाट उत्कृष्ठ विद्यालयमा छनौटभएकोमा खुसि व्यक्त गर्दै सवैको मिहनेतबाट सम्भव भएको बताउनु भएको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य दुर्गा अर्यालले विद्यालय भौतिक सुविधा सम्पन्न तथा प्राविधिक र शैक्षिक गुणस्तरमा अग्रस्थानमा गैरहेको भन्दै गुणस्तरीय शिक्षाको लागी कतै जानुनपर्ने बताउनु भएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य दुर्गा अर्यालको अध्यक्षता, सहायक प्रधानाध्यापक शिव पोखरेलको स्वागत मन्तव्य तथा शिक्षक कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।
बागलुङ क्षेत्र नं. २ मै उत्कृष्ट बन्दै ५ लाख राशि सहित पुरस्कृत भएको त्रिभुवन नमुना माध्यमिक विद्यालयमा १२ सय वढि विद्यार्थीले अध्ययन गर्दै आएका छन्।
साधारण धार तर्फ कक्षा नर्सरी देखि कक्षा १२ सम्म अंग्रेजी माध्यम, कक्षा ४ देखि कक्षा १२ सम्म नै नेपाली माध्ययम तथा प्राविधिक धार तर्फ कक्षा ९ देखि १२ सम्म बालिविज्ञान विषयमा पढाइ हुने त्रिभुवनमा कक्षा ११/१२ तर्फ विज्ञान विषयमा समेत पठन पाठन हुँदै आएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend