साझा नेटवर्क
रञ्जित चौरसिया, बीरगंज साउन १७ ।
विद्यार्थी जनमत संघ पर्साको अध्यक्षमा विवेक कुमार झालाई मनोनयन गरिएको छ । जनमत पार्टी निकट बिद्यार्थी संगठन बिद्यार्थी जनमत संघले बुधबार एक विज्ञप्ति जारी गरी मधेश प्रदेश पर्सा जिल्लाको जिल्ला अध्यक्ष पदमा विवेक कुमार झा लाई मनोनयन गरिएको जनाईएको छ ।
विद्यार्थी जनमत संघका केन्द्रिय संयोजक सुमित मिश्रा, सह–संयोजकद्वय सुमन यादव र राहुल रजकद्धारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा देश, मधेश प्रदेश, पार्टी एवं विद्यार्थीहरुको हक र हितका लागि आफ्नो कार्यकाल इमान्दारिता पूर्वक निर्वाह र उपलब्धि गर्नु हुनेछ भन्ने विश्वास व्यक्त गर्दै हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना समेत दिईएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend