साझा नेटवर्क
साझा नेटवर्क, बुटवल साउन १७ ।
हरितालिक तीज नजिकिन अझै धेरै दिन बाकि रहेपनि सर्जकहरुले बजारमा आफ्ना तीज कोशेली धमाधम सार्बजनिक गरिरहेका छन् । बजारमा सार्बजनिक भएका तीज गीत कुनै मौलिक सस्कृति बोकेका छन् भने कुनै बिकृति विसंगति भित्र्याउने खाले छन् । कैयौ तीज सोशेलीहरुको माझमा नवराज घिमिरेको मौलिक तीज कोशेली “गरिव दाजु बहिनि लिनलाई” हो ।
यो गीतमा जब गरिव र कम्जोर छ भने आफ़न्तिले पनि न भेटिदिए हुन्थियो न आइदिए हुन्थियो, हुने खाने भए पराइलाई पनि साइनो लगाउदै हिड्छन र गरिव भए आफ्नोलाई आफ्नो समेत भन्दैनन भन्ने राम्रो संदेश दिन खोजेको छ । श्री कृष्ण अर्यालको शब्द , नवराज घिमिरेको लय छ ।
भिडियोलाई बिष्णु भट्टराईले निर्देशन गर्नुको साथै दाजुको भूमिका पनि स्वयम् आफैले निभाएका छन् । मौलिक र गाउ घरको परिवेशलाइ समेटी छायांकन गरिएको भिडियोले राम्रो संदेश दिन खोजेको छ । सगुन शर्मा र अविरल भट्टराईको छायांकन रहेको छ भने बिष्णु भट्टराईको सम्पादन रहेको छ ।
भिडियोमा बिष्णु भट्टराई, परि शर्मा, सन्तोष शर्मा, हिरा रेशमी साबित्रा घिमिरे, पिताम्बर घिमिरे, नारायण घिमिरे,आशिष अधिकारी, बुद्धि प्रसाद घिमिरे, भुपाल थापा, पुस्पा अर्याल,बिनिता घिमिरे लगायतको अभिनय रहेको छ । यदि यस्ता खाले गीत संगीत दर्शकको माझमा पुग्न सक्यो भने दर्शकको मन जित्न सक्ने प्रस्तुत कर्ता नवराज घिमिरे बाताउछ्न ।
हेरौ पुरा भिडियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend