logo
  • शनिबार, साउन ३० २०८३

रुपन्देहीको बुटवलमा प्रदेश जनस्वास्थ्य भवन उद्घाटन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क,बुटवल साउन १५ ।

रुपन्देहीको बुटवलमा नवनिर्मित लुम्बिनीप्रदेशको जनस्वास्थ्य प्रयोगशाला भवनको उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री डिल्लीवहादुर चौधरीले भवनको उद्घाटन गर्नुभएको हो ।

ग्लोवल फण्ड र सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित प्रयोगशाला भवन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको हो । ८ करोड ७० लाख २० हजार रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधनगर्दै मुख्यमन्त्री डिल्ली वहादुर चौधरीले प्रदेशको केन्द्रिय प्रयोगशालाको रुपमा यसलाई विकास गर्नुपर्ने बताउनुभयो । आधुनीक उपकरण र दक्षजनशक्ति राखेर नागरिकको विश्वास जित्ने गरि कामगर्न प्रयोगशालालाई निर्देशन दिदै मुख्यमन्त्री चौधरीले प्रदेशको रिर्सोस सेन्टरको रुपमा प्रयोगशलालाई विकास गर्न आग्रहगर्नुभयो ।

त्यसतै स्वास्थ्यमन्त्री राजु खनालले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई प्रेषण र गुण नियन्त्रण प्रयोगशालाको रुपमा विकास गरिने बताउनुभयो । मन्त्री खनालले प्रदेशमा रहेका सरकारी तथा निजी प्रयोगशालाहरुलाई सँगठित र सञ्जालीकरण गरि यसलाई अनुगमण र गुणस्तर नियन्त्रणको केन्द्रको रुपमा विकास गरिने बताउनुभयो ।

समग्र स्वास्थ्य प्रणालीको सुदृढिकरणका लागिपनि प्रदेश प्रयोगशाला र यस्को सञ्जाल कोशेढँगा सावित हुने मन्त्री खनालले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सेभ द चिल्ड्रेनका नेपाल र भुटान कन्ट्री डाइरेक्टर हेथर क्याम्पबेल, ग्लोबल फण्ड जेनेभाका सिनियर पोर्टफोलियो म्यानेजर स्टेफन स्टोजनोभिक , ग्लोबल फण्डका हेल्थप्रोडक्ट म्यानेजमेण्ट स्पेस्लीष्ट डभिड बगोँजा लगायतले भवनको समुचित प्रयोगले प्रदेशका गाउँवस्तीका मानिसको स्वास्थ्य सेवामा महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend