साझा नेटवर्क
दर्शन सुनार, कतार साउन १४।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको दशौ राष्ट्रिय महाधिवेशन २०२३ सम्पन्न भएको छ । एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तताको सभापतित्व तथा एनआरएन ए आईसीसीका उपाध्यक्ष आरके शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । महाधिवेशनमा निर्वाचनबाट बिजयी भएका नवनिर्वाचित कार्यसमितीका सम्पुर्ण पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराईएको थियो ।
संघले आयोजना गरेका विभिन्न अभियानमा जोडिएर सहयोग पुराउने संघ-सस्थांलाई सम्मान पत्र प्रदान गरेको थियो संघको कार्यकाल २०१९-२०२३ मा स्थापित साहित्य पत्रकारिता र खेलकुद पुरुस्कार र नगद समेत बितरण गरेको थियो । संघले २०२१-२०२३साहित्य पुरुस्कार मणि पौडेल पत्रकारिता पुरस्कार सारदा भुजेल स्वास्थ तथा खेलकुद पुरुस्कार बिरबल महतलाई पुरुस्कार प्रदान गरेको थियो ।
संघका प्रथम उपाध्यक्ष जैबी राईको स्वागत मन्तव्य रहेको कार्यक्रममा एनआरएनए आईसिसीका पदाधिकारीहरु,आईसिसी सदस्यहरु, एनसिसीका विभिन्न ओहोदाका पदाधिकारीहरु आईसीसीका दोहामा स्थापित बैचारिक सङ्गठन, प्रदेश समन्वय परिषद, जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधि, पत्रकार, कलाकारहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।
कार्यक्रमको सभाहलमा आईसिसी एनसिसीका विभिन्न उच्च पदाधिकारीले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए । प्रमुख अतिथी शर्मा ले आफु बिगत पन्ध्र बर्षदेखि सामाजिक कार्यको झोला बोकेर हिडेको बताए संघले बोकेको सपना आम नेपालीले पूरा गर्ने बताउदै समाज र आम नेपालीको लागि आम श्रमिकको लागी नेपाल र नेपालीको उच्च मान सम्मान नेपाली समाजले राख्ने बताउदै दशौ महाधिवेशन सभ्य र भब्य भएको बताउदै २३/२५ कार्यकालका नवनिर्वाचित सम्पुर्ण पदाधिकारीहरु बधाई दिदै सिङ्गो कतारलाई धन्यवाद ज्ञापन गरेका थिए ।
संघका महासचिव पदम गिरीले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति मुसलमानले २०१९ २०२३ कार्यकालमा संघले निकै सराहनीय सामाजिक कार्य गरेको बताए । ‘हरेक नेपालीलाई जहाँ दुख पर्छ एनसिसी सदैव तप्पर रहने बताउदै र आफु पनि तत्पर रहने बताउदै आगामी दिनमा आफु दशौ महाधिवेशनमा रमेश भट्ट ज्युको नेतृत्वमा बनेको नयाँ कार्यसमितीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।
दशौ महाधिवेशनबाट नवनिर्वाचित एनसिसि कतारको कार्यसमिति विवरण
अध्यक्ष – रमेश भट्ट ,प्रथम उपाध्यक्ष – कृष्ण पन्थी , दित्तिय उपाध्यक्ष – केशव कार्की , तृतीय उपाध्यक्ष – सन्दीप भट्टराई ,महिला उपाध्यक्ष – नानु घले ब्लोन,युवा उपाध्यक्ष – सुवास बहादुर थापा, महासचिव – रबिन मगर , सचिव – ओम बहादुर क्षेत्री सन्तोष, सचिव – रोशन अर्याल, सचिव – सुरज शर्मा अधिकारी कोषाध्यक्ष – बुद्ध पाण्डेय, सह-कोषाध्यक्ष – झबिन्द्र आचार्य निर्वाचित भएका छन ।
त्यस्तै कार्यसमिती सदस्य तर्फ
विष्णु सापकोटा ,विनोद राना मगर, इनुस मोमिन, इसिलाल पण्डित,झबिन्द्र प्रसाद बेल्बासे, तिलक बहादुर बस्नेत,दुर्गा बहादुर बिक, टङ्क बहादुर बिक, परमानन्द भट्ट, प्रेम कुमार बस्नेत, मो.अजाद मंसुर , मो. कौसर रब्बानी,रमेश के सी, राजेन्द्र काफ्ले, सन्तोष कुँवर, सन्तोष पौडेल ,सुमन कुमार ल्हो, सुदिप पाठक,श्याम प्रसाद पौड्याल निर्वाचित भएका छन ।
त्यस्तै लेखा समिति संयोजक – कवीन्द्र कँडेल लेखा समिति सदस्य – गिरिराज दुवाडी लेखा समिति सदस्य – विकास लामा निर्वाचित भएका छन । त्यसैगरी आईसिसी सदस्यमा दुर्गा प्रसाद प्याकुरेल, बिक्रम कार्की, तेज कटुकाल, प्रेम बहादुर चलाउने, दिप जङ शाह तथा श्री कृष्ण भट्टराई छन निर्बाचित भएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend