logo
  • शुक्रबार, असोज ९ २०८३

एनआरएनए कतारको अध्यक्षमा भट्ट निर्वाचित


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

केशव कंडेल अनुरागी, कतार साउन १३।
एनआरएनए कतारको नयाँ कार्यकालका लागि अध्यक्षमा भट्ट चयन भएका छन् । भट्टले निकटतम प्रतिद्वन्दी पदम गिरीलाई ८४३ मतले पराजित गरेका हुन् । भट्टले ३२२८ मत ल्याउँदा गिरीले २३८५मत प्राप्त गरे । डिजिटल प्रबिधी बाट पहिलो पटक एनआरएन कतारले (स्मार्ट एनआरएनए ) एप बाट मतदान गराइएको थियो भने सो निर्वाचनमा विभिन्न ४० पदमा ७५ जनाले प्रतिस्पर्धा गरिरहेका थिए ।

नेपाली समय अनुसार बिहीबार बिहान ९ बजेबाट शुरु भएको मतदान प्रक्रियामा शुक्रबार राति १२ बजे बाट मतदान प्रक्रिया सकिएको थियो ।प्रथम उपाध्यक्षमा ३२५३मत ल्याएर कृष्ण पन्थी बिजयी भएका छन् । द्वितिय उपाध्यक्षमा केशवराज कार्की ३३४७ मत सहित बिजयी भएका छन । तृतीय उपाध्यक्षमा सन्दीप कुमार भट्टराई ३२०५ मत सहित बिजयी भएका छन ।

त्यस्तै महिला उपाध्यक्षमा नानू घले ३३०० मतले बिजयी हुदा युवा उपाध्यक्षमा सुवाश बहादुर थापा ३०६४ सहित बिजयी भए भने महासचिवमा रबिन मगर, सचिवमा ओम बहादुर क्षेत्री, रोशन अर्याल एवम् सुरज शर्मा अधिकारी बिजयी भएका छन । कोषध्यक्षमा बुद्ध बहादुर पान्डे तथा सह कोषाध्यक्षमा झबिन्द्र आचार्य बिजयी भएका छन । युवा संयोजक मेहेद सिंह तामाङ तथा महिला संयोजक शुस्मा खतिवडा कटुवाल निर्बिरोध निर्वाचित भएका थिए ।

खुल्ला १९ सदस्यका लागि ३८ प्रतिस्पर्धी गरेका थिए जसमध्ये बिष्णु सापकोटा, बिनोद राना मगर, इनुस मोमिन, इसिलाल पन्डित, झबिन्द्र प्रसाद बेल्बासे, तिलक बहादुर बस्नेत, दुर्गा बहादुर बिक, टंक बहादुर बिक, परमानन्द भट्ट, प्रेम कुमार बस्नेत, मो.अजाद मंसुर, मो.कौसर रब्बानी, रमेश केसि , राजेन्द्र काफ्ले,सन्तोष कुँवर, सन्तोष पौडेल, सुमन कुमार, सुदिप पाठक, श्याम प्रसाद पौड्याल बिजयी भएका छन ।

आइसिसी सदस्यमा श्रीकृष्ण भट्टराई, प्रेम चलाउले, दिप जङ्ग शाह,बिक्रम कार्की,दुर्गा प्याकुरेल र तेज कटुवाल बिजयी भएका छन । लेखा समिती संयोजकमा कबिन्द्र कंडेल तथा सदस्यहरुमा बिकाश लामा र गिरिराज दवाडी बिजयी भएका हुन । ८ हजार ९ सय ५१ जना पञ्जीकृत सदस्यता रहेको एनसीसी कतारको दशौं महाधिवेशन होलिडे इन होटेल (द बिजनेस पार्क)मा शनिबार दिउसो २ बजेबाट हुने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend