साझा नेटवर्क
साझा नेटवर्क, कतार साउन १२ ।
गैरआवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद् कतारको २०२३-२०२५ कार्यकालको नयाँ कार्यसमिति चयन प्रक्रियाका लागि कुल ६२.८० प्रतिशत मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ ।
नेपाली समय अनुसार बिहीबार बिहान ९ बजेबाट शुरु भएको मतदान प्रक्रियामा शुक्रबार राति १२ बजेबाट मतदान प्रक्रिया सकिएको छ ।एनआरएनए एनसिसि कतारको दशौ महाधिवेशनमा ८ हजार ९ सय ५१ जना पञ्जीकृत सदस्यहरु रहेकोमा कुल ६२.८०% मत खसेको छ ।
स्मार्ट एनआरएनए एपबाट चलिरहेको मतदान प्रक्रियामा विभिन्न ४० पदमा ७५ जनाले प्रतिस्पर्धा गरिरहेका छन भने केहि बेरमा नतिजा प्रकाशन हुने समितिले जानकारी दिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend