साझा नेटवर्क
साझा नेटवर्क, कतार साउन १२ ।
गैरआवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद् कतारको २०२३-२०२५ कार्यकालको नयाँ कार्यसमिति चयन प्रक्रियाका लागि आधा भन्दा बढी मत खसेको निर्वाचन समितिले जनाएको छ ।
समितिका संयोजक क्रान्ति सिंहका अनुसार हालसम्म ५१ प्रतिशत मत खसेको बताए । नेपाली समय अनुसार बिहीबार बिहान ९ बजेबाट शुरु भएको मतदान प्रक्रियामा शुक्रबार राति १२ बजेसम्म पञ्जिकृत सदस्यहरुले मतदान गर्न पाउनेछन ।
एनआरएनए एनसिसि कतारको दशौ महाधिवेशनमा ८ हजार ९ सय ५१ जना पञ्जीकृत सदस्यहरु रहेका छन । स्मार्ट एनआरएनए एपबाट चलिरहेको मतदान प्रक्रियामा विभिन्न ४० पदमा ७५ जनाले प्रतिस्पर्धा गरिरहेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend